Like us!
Follow us!
Connect us!
Watch us!

तीन कम्पनीको आज साधारणसभा : यी एजेण्डाहरु पारित गर्दै

विहीबार, २६ बैशाख २०७६, ११ : २५ मा प्रकाशित

तीन कम्पनीको आज साधारणसभा : यी एजेण्डाहरु पारित गर्दै

अर्थ संसार, काठमाडौं–  आज तीन कम्प्नीको साधारणसभा हँदैछ । कुमारी बैंक, नाडेप लघुवित्त र आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले वार्षिक साधारणसभाको आयोजना गर्ने भएका छन् ।

कुमारी बैंकले २ आर्थिक वर्षको वार्षिक साधारणसभा एकैपटक गर्न लागेको हो ।

यस सभामा बैंकले २१ दशमलव २५ प्रतिशत बोनस शेयरको प्रस्ताव लैजाँदै छ । आर्थिक वर्ष २०७३\७४ का लागि १२ दशमलव ७५ प्रतिशत र आर्थिक वर्ष २०७४\७५ का लागि ८ दशमलव ५ प्रतिशत गरेर कुमारीले बोनस दिन लागेको हो ।

हाल रू. ७ अर्ब १६ करोड ३३ लाख ९५ हजार चुक्तापूँजी रहेको कुमारीको बोनस वितरण गरेपछि रू. ८ अर्ब ६८ करोड ५६ लाख १६ हजार पुग्नेछ । सभा प्रयोजनका लागि कुमारीले वैशाख ६ गतेदेखि बुक क्लोज गरेकाले वैशाख ५ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्छन् ।

त्यस्तै, सर्वसाधारणलाई आईपीओ वितरण गरेपछि शतप्रतिशत हकप्रद जारी गरेको नाडेप लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस शेयर र १ दशमलव ५८ प्रतिशत नगद लाभांशको प्रस्ताव बिहीवार पारित गर्दै छ । रू. १६ करोड चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद जारी गरी कायम रू. ३२ करोड पूँजीको आधारमा कम्पनीले १५ प्रतिशत बोनस दिन लागेको हो ।

बोनस वितरण गरेपछि कम्पनीको चुक्तापूँजी रू. ३६ करोड ८० लाख पुग्नेछ । सभा प्रयोजनका लागि नाडेपले वैशाख ९ गते बुक क्लोज गरेकाले वैशाख ८ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्छन् ।

आरम्भ माइक्रोफाइनान्सले केन्द्रीय कार्यालय बनेपामा दिनको १ बजे विशेष साधारणसभा बोलाएको हो । लाभांशसम्बन्धी कुनै प्रस्ताव नगरेको कम्पनीले सभामा लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक तोक्ने र अन्य वित्तीय संस्थासँग मर्जरमा जाने विषय छलफलका लागि लैजाँदै छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको