Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बंगलादेश बैंकले पायो ऋणपत्र जारी गर्ने अनुमति, ब्याजदर कति ?

मंगलबार, २४ बैशाख २०७६, १७ : २६ मा प्रकाशित

नेपाल बंगलादेश बैंकले पायो ऋणपत्र जारी गर्ने अनुमति,  ब्याजदर कति ?

अर्थ संसार, काठमाडौं -  नेपाल बंगलादेश बैंकलाई ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ।  बोर्डको अनुमति पश्चात बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी  गर्ने भएको छ ।

बैंकले १० वर्ष अवधिका लागि वार्षिक १०.२५% ब्याजदरमा बैंकलाई प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र जारी गर्ने भएको हो । यसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ ।

बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिंङले गर्नेछ । बैंकले ‘१०.२५% एनबीबीएल डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको