Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी बैंकको नाफा २२ करोड, जगेडा कोषमा ८३ करोड

विहीबार, १३ माघ २०७३, १४ : १३ मा प्रकाशित

सेञ्चुरी बैंकको नाफा २२ करोड, जगेडा कोषमा ८३ करोड

अर्थ संसार

काठमाडौं–सेञ्चुरी बैंकले पुस मसान्तसम्म २२ करोड ३९ लाख रुपैंया खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक बर्ष १६ करोड ७ लाख रुपैयाँ मात्र नाफा गरेको थियो । बैंकले गत बर्षभन्दा सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर र ३० प्रतिशत हकप्रद दिएर चुक्ता पूँजी ३ अर्ब ६८ करोड रुपैंया पुर्याएको छ । 

बैंकले यस अबधिमा ३२ अर्ब ६७ करोड ५७ लाख निक्षेप संकलन गरी २९ अर्ब १ करोड ६० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निष्कृय कर्जा अनुपात ०.४७ प्रतिशत प्रति सेयर आम्दानी १२ रुपैयाँ १४ पैसा र प्रति सेयर नेटवर्थ १२२.६६ रुपैयाँ छ । बैंकको जगेडा कोषको आकार ८३ करोड ५९ लाख रुपैयाँ पुगेको छ । 

-- 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको