Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकद्धारा व्हीलचेयर वितरण

शुक्रबार, २० बैशाख २०७६, ११ : २४ मा प्रकाशित

ग्लोबल आइएमई बैंकद्धारा व्हीलचेयर वितरण

अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत करुणा फाउन्डेशन नेपाललाई स्पेशल व्हील चेयर सहित २१ थान व्हील चेयर हस्तान्तरण गरेको छ ।

बैंकको बजार तथा व्यवसाय प्रवद्र्धन विभागका प्रमुख गणेश अवस्थीले करुणा फाउन्डेशन नेपालकाकार्यकारी निर्देशक दिपकराज सापकोटालाई व्हील चेयरहरु हस्तान्तरण गर्नु भएको छ ।

करुणा फाउन्डेशन नेपाल वि.स.२०७२ देखि इलाम र सुनसरी जिल्लामा अपाङ्गता रोकथाम र अपाङ्गता भएका व्यक्ति र तिनका परिवारको जीवनमा गुणस्तरीय सुधार ल्याउन क्रियाशिल रहि आएको संस्था हो ।

ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु; बाढी, पहिरो, भुकम्प लगायतका विपतको समयमा सहयोग गर्दै आएको छ भने जनचेतना मूलक कार्यक्रमहरुका साथै सामाजिक कार्यहरुमा पनि सदैव सक्रिय रहँदै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको