Like us!
Follow us!
Connect us!
Watch us!

मजदुर दिवस : एक दिन बिदामा बस्यो भने हात मुख जोड्न पनि धौधौ

बुधबार, १८ बैशाख २०७६, ०७ : ४३ मा प्रकाशित

मजदुर दिवस : एक दिन बिदामा बस्यो भने हात मुख जोड्न पनि धौधौ

कमला भुसाल

अर्थ संसार, काठमाडौं – आज मे १ अर्थात १३०औं अन्तर्राष्ट्रिय मजदुर दिवस, श्रमिकहरुको हक अधिकार स्थापित भएको दिनको रुपमा प्रत्येक वर्ष मे १ लाई विश्व मजदुर दिवस मनाउने गरिन्छ ।

८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको समयको माग गर्दै अमेरिकाको सिकागो शहर र युरोपका मजदुरहरुले गरेको संघर्षको स्मरण गर्दै आज मे १ तारिखका दिन विश्वभर अन्तर्रा्ष्ट्रिय मजदुर दिवश मनाउने गरिन्छ ।

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रमिक वर्गको  हक, अधिकार र स्वतन्त्रतालाई महत्व दीँदै सरकारले पनि सरकारी बिदा घोषणा गरेको छ । केन्द्र सरकार र प्रदेश सरकारले पनि आफ्नो आफ्नो तवरबाट यो दिवस मनाउदै छन ।

साथै देशैभरिका विभिन्न मजदुर संगठनहरुले आ–आफ्नो प्रकारले कार्यक्रम गरी यो दिवस मनाउने गरेका छन् । सरकारले आफ्नो मतहतका सम्पूर्ण कार्यालय त बन्द गरेको छ । तर दैनिक ज्यालामा दिनभरी श्रम गर्ने मजदुरलाई यो दिवसले खासै केही असर गरेको छैन, न उनीहरुलाई यसको महत्वको बारेमा थाहा नै छ ।

भक्तपुरको भक्तपुर ईट्टा तथा टायल उद्योगमा काम गर्ने केही महिलाहरुले विगतका वर्षहरुमा उनीहरुलाई यो दिवसको बारेमा केही जानकारी नभएको बताए । शहरमा राम्रो काम गरेर भविष्य सुन्दर बनाउन गाउँबाट झरेकी एक महिलाको दैनिकी सोही र्ईट्टा भट्टामा र्ईट्टा बोक्ने तथा चाङ लगाउने काम गर्दै दिन बितेको छ । 

सिन्धुपाल्चोक स्थायी घर भई भक्तपुरको जगाती बस्ने ३५ वर्षीया माया तामाङले मजदुर दिवस भनेर नाम त सुन्ने गरेको तर यो दिवसमा के हुन्छ रु के गर्नुपर्छ रु मलाई केही पनि थाहा छैन भनिन् । उनले भनिन् ‘हामि जस्तो काम गर्नेलाई केही दिवस आउँदैन, एक दिन बिदामा बस्यो भने त्यो दिन हात, मुख जोड्न पनि धौ, धौ हुन्छ ।’

गाउँबाट छोराछोरीलाई राम्रो शिक्षा दिन शहर आएका माया र उनका श्रीमानले बिहान नौं बजेदेखि साँझ पाँच बजेसम्म मजदुरी गरेर दैनिक पाँच सय ९२ रुपैयाँ ज्याला कमाउँछन् । उनले आफुले बरु एकै छाक खाना खाएर भएपनि तीन जना छोराछोरीलाई राम्रो शिक्षा, दिक्षा र पालनपोषणमा कमि नहोस भन्दै मजदुरीमा खटिएको बताइन् । त्यसैले उनले आफु ईट्टा भट्टाको अस्थाई कर्मचारी भएकोले त्यस दिन बिदा पाएपनि आफुलाई घाटा हुने हुनाले काममा आउने गरेको बताईन् ।

उनले भनिन् ‘हरेक वर्ष मजदुर दिवस भन्दै धेरै मान्छेहरु आउने फोटो खिचेर मिडियामा मजदुरका फोटाहरु छापिएपनि हाम्रो दुख दुखैमा सिमित रहेको छ ।’ माया अहिले सरकारले लागु गरेको सामाजिक सुरक्षा कोषमा पनि आबद्ध छैनन् ।

सामाजिक सुरक्षा कोषमा आबद्ध हुनका लागि उनले आफु त्याहाको स्थायी कर्मचारी नभएको बताइन् । उद्योगले उनी जस्ता केही अस्थायी कामदारहरुलाई काम परेको बेला मात्र बोलाउने काम सकिएपछि निकाल्ने गरेको हुँदा उद्योगको स्थायी कर्मचारी हुन नसकेको बताइन् ।

सन् १८८९ मे १ मा अमेरिकाको शिकागो शहरका मजदुरहरुले आन्दोलन गरेर ८ घण्टे कार्य्दिन लागू भएपछि यसैको उपलक्ष्यमा सन् १८९० देखि संसारभरिका मजदुरले मे १ को दिनलाई अन्तरराष्ट्रिय मजदुर दिवसका रुपमा मनाउने प्रचलन सुरु भएको हो ।

शिकागो मजदुर आन्दोलनको उपलब्धीका रुपमा विश्वभरि ८ घण्टा ड्युटीलाई एक दिन मानेर गणना गर्ने प्रचलन रहेको छ । गत वर्षको तथ्यांकअनुसार नेपालमा निजी एवं सरकारी क्षेत्रमा कार्यरत मजदुर र कर्मचारीको संख्या ८० प्रतिशतको हाराहारीमा छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको