Like us!
Follow us!
Connect us!
Watch us!

नवन्ने भयो पेट्रोलियम पाईपलाईन

आइतबार, १६ असोज २०७३, १२ : ३१ मा प्रकाशित

नवन्ने भयो पेट्रोलियम पाईपलाईन

अर्थ संसार काठमाडौं–नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशन आईओसीवीच पेट्रोलियम पाईपलाईन सम्झौता तत्काल नहुने भएको छ । भारतबाटै १५ वर्षसम्म पेट्रोलियम पदार्थ खरिद गर्नुपर्ने सर्त आईओसीले राखेपछि पाईपलाईन निर्माणको अन्यौल वढेको हो । करिव ४ अर्व लागत अनुमान गरिएको आयोजनामा आईओसीको ३ अर्व २० करोड लगानी छ । निगम श्रोतले भन्यो, ‘यती ठूलो रकम लगानी गरिसकेपछि फाईदा खोज्नु स्वभाविक हो ।’

रक्सौलदेखि बाराको अमलेखगञ्जसम्म ४१ किलोमिटर लामो आयोजनालाई चालु आर्थिक वर्षबाट अघि वढाउने भनिएको थियो । आयल निगम र आईओसीवीच आगामी मार्च महिनामा पेट्रोलियम व्यापार सम्झौताको नविकरण गर्नुपर्ने भएकाले सोही समयमा मात्रै पेट्रोलियम पाईपलाईनको कुरा उठाईने श्रोतको भनाई छ ।

केपीओली नेतृत्वको सरकारले चीनसंँग पारवहन सम्झौत गरेपछि नेपालसँग चिढिएको भारतले पछिल्लो सयम पाईपलाईन निर्माणलाई सर्तको रुपमा अघि सारेको थियो । पेट्रोलियम पाईपलाई निर्माणलाई मुर्तरुप दिन केहीदिन अघी भारत गएको नेपाल आयल निगमका पदाधिकारीसँगको बार्तामा भारतीय आयल कर्पोरेशन आईओसीका प्रतिनीधिले १५ वर्षसम्म आईओसीबाट इन्धन खरिद गर्नुपर्ने बताएका थिए । यसका लागि राजनीतिक सहमति आवश्यक भएकाले आयल निगमका पदाधिकारी सम्झौता नगरी त्यसै फर्किएका थिए ।

४ अर्व २० करोड लागत रहेको आयोजनामा आईओसीले नेपाललाई ३ अर्व ४० करोड लगानी गर्दैछ । बा“की नेपालले लगानी गर्नेछ । यसका लागि बजेटसमेत विनियोजन भईसकेको छ । कार्यन्वयनको अवस्थामा जान लागेको आयोजनामा भारतले १५ वर्षको खरिद सर्त राखेपछि निर्माणको अन्यौल वढेको छ । भारतवाहेक अन्य मुलकबाट पेट्रोलियम पदार्थ आयत गर्न प्राविधिक कठिनाई रहेको तथा निगम र आईओसीवीचको ४० वर्षभन्दा पुरानो सम्वन्ध तोड्न नहुने पक्षमा आयल निगमका उच्च पदाधिकारीहरु छन् ।

‘भारतबाट बाहेक अन्य मुलुकबाट मूल्य र प्राविधिक रुपले पेट्रोलियम पदार्थ आयत गर्न सहज छैन, १५ वर्षे सहमति गर्दा के भो ?’ निगमका एक अधिकारीले भने, ‘कति नदी भारतलाई दियौं । विद्युत प्राधिकरणसँग कति सम्झौता भए, त्यसको लेखाजोखा केही भएको छ ? आयल निगम मात्रै किन निशानामा ? यती ठूलो रकम लगानी गरिसकेपछि फाईदा खोज्नु त स्वभाविक हो नि ।’

रक्सौलदेखि बाराको अमलेखगञ्जसम्म ४१ किलोमिटर लामो आयोजनालाई चालु आर्थिक वर्षबाट अघि वढाउने भनिएको थियो । आयल निगम र आईओसीवीच आगामी मार्च महिनामा पेट्रोलियम व्यापार सम्झौताको नविकरण गर्नुपर्ने भएकाले सोही समयमा मात्रै पेट्रोलियम पाईपलाईनको कुरा उठाईने श्रोतको भनाई छ ।

नेपाल र भारतवीच पेट्रोलियम खरिद विक्रीसम्वन्धी सम्झौताको नविकरण आगामी मार्चमा हुदैछ । भारतको सर्तका बाबजुद आगामी मार्चमा पेट्रोलियम पाईपलाईन निर्माणबारे नयाँ ढंगले कुराकानी वढाईने श्रोतको भनाई छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको