Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफले बोलायो साधारणसभा, ४८.५ प्रतिशत लाभांश दिने प्रस्ताव

शुक्रबार, १३ बैशाख २०७६, ०९ : १२ मा प्रकाशित

नेपाल लाइफले बोलायो साधारणसभा, ४८.५ प्रतिशत लाभांश दिने प्रस्ताव

अर्थ संसार, काठमाडौँ – नेपाल लाइफ सञ्चालक समितिको बिहीबारको बैठकले जेठ ४ गतेका लागि साधारणसभा बोलाएको हो ।

साधारणसभा जेठ ४ गते शनिबारका दिन बीरगञ्जको होटेल दियालोमा बिहान साढे ९ बजे बस्नेगरी बोलाइएको हो ।

नेपाल लाईफ सञ्चालक समितिले यसअघि नै शेयरधनीहरुलाई ४८.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरिसकेको छ जसमध्ये २५ प्रतिशत बोनस शेयर तथा २३.५ प्रतिशत नगद लाभांश वितरण गरिनेछ । सो प्रस्तावलाई साधारणसभामा पेश गरी पारित गरिने एजेन्डा साधारणसभाको छ ।

त्यस्तै, एनएफआरएस प्रणालीअनुसार रिपोर्टिङ गरिएको आयव्यय, विवरण, वासलात, नाफानोक्सान हिसाब खाता तथा नगद प्रवाहसम्बन्धी विवरणहरु स्वीकृत गर्ने, संस्थापक समूहअन्तर्गत रिक्त सञ्चालकको निर्वाचन गर्ने, सञ्चालकहरुको सेवा सुविधा परिमार्जन गर्ने तथा आगामी आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा समेत साधारणसभाको छ । नेपाल लाइफले आफ्नो अधिकृत पुँजीलाई पनि बढाएर १० अर्ब पुर्याउँदैछ ।

उक्त साधारणसभाका लागि नेपाल लाइफले बैशाख १९ गतेको लागि बुकक्लोजको मिति तोकेको छ । उक्त दिन शेयर स्वामित्वमा हुने व्यक्ति साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन योग्य हुनेछ ।

हालसम्म जीवनबीमा कम्पनीहरुमध्ये साधारणसभा बोलाउने नेपाल लाइफ चौथो कम्पनी हो । यसअघि महालक्ष्मी लाइफले गत पुस २७ गते, एलआईसी नेपालले गत चैत ४ गते र नेशनल लाइफ इन्स्योरेन्सले गत चैत १५ गते साधारणसभा बोलाइसकेका छन् । सञ्चालनमा रहेका १९ जीवनबीमा कम्पनीहरुमध्ये बाँकी १५ ओटाले भने साधारणसभा बोलाउन बाँकी छ ।निर्जीवन बीमा कम्पनीतर्फ सानिमा इन्स्योरेन्सले मात्र साधारणसभा बोलाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको