Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरीको साधारणसभा आज, पारित हुने एजेण्डा यस्ता छन्

विहीबार, १२ बैशाख २०७६, ०८ : २१ मा प्रकाशित

सेञ्चुरीको साधारणसभा आज, पारित हुने एजेण्डा यस्ता छन्

अर्थ संसार, काठमाडौं –  सेञ्चुरी बैंकको आठौं वार्षिक साधारणसभा आज  हुँदै छ । साधारणसभाले बैंकले ६.५ प्रतिशत लाभांशसहित विविध प्रस्ताव पारित गर्ने कार्यक्रम छ । 

हाल कायम चुक्तापूँजी रू. ८ अर्ब २५ करोड ४ लाख ६२ हजारको आधारमा ४ दशमलव ५ प्रतिशत नगद र २ प्रतिशत बोनस शेयरको प्रस्ताव बैंकले गरेको छ ।

बैंकले गतवर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको गतवर्षको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने कार्यक्रम पनि रहेको छ ।

सभा प्रयोजनका लागि बैंकले चैत २९ गतेदेखि बुक क्लोज गरेकाले चैत २८ गतेसम्म कायम सदस्यले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्छन् । सभा बिहान ११ः३० बजे आमी अफिसर्स क्लब, भद्रकालीमा शुरू हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको