Like us!
Follow us!
Connect us!
Watch us!
पुससम्म १ खर्व १२ अर्व ४८ करोड ४२ लाख ५४ उठ्यो

चालु बर्षको ६ महिनामा राजस्व ४२ प्रतिशतले वृद्धि

मंगलबार, ११ माघ २०७३, ०९ : ४६ मा प्रकाशित

चालु बर्षको ६ महिनामा राजस्व ४२ प्रतिशतले वृद्धि

अर्थ संसार
काठमाडौं– आर्थिक वर्ष २०७३/०७४ पुस मसान्तसम्म राजस्व संकलन ४२ प्रतिशतले वढेको आन्तरिक राजस्व विभागले जनाएको छ । आर्थिक वर्ष २०७३÷०७४ पुस महिनासम्मको राजस्व संकलन १ खर्व १२ अर्व ४८ करोड ४२ लाख ५४ हजार संकलन भएको छ ।

यस अबधिमा संकलन लक्ष्य १ खर्व ६ अर्व ३२ करोड १ लाख ६६ हजार रहेको विभागले जनाएको छ । लक्ष्यको तुलनामा संकलन १०६ प्रतिशतले प्रगति भएको विभागको दावी छ । 

यस अबधिमा शिर्षकगत रूपमा हेर्दा आयकर ६१ अर्व ८८ करोड ६० लाख ८९ हजार, मूल्य अभिवृद्धि कर २८ अर्व ६० करोड २ लाख ९२ हजार र अन्तःशुल्क २१ अर्व ८ करोड ४३ लाख ९४ हजार संकलन भएको छ । उक्त रकम लक्ष्यको तुलनामा आयकर १०९ प्रतिशत, मूल्यअभिवृद्धि कर सत प्रतिशत र अन्तशुल्क १०४ प्रतिशत हो । 

त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः  ३८ करोड ४९ लाख ७२ हजार र ५२ करोड ८५ लाख ७ हजार संकलन भएको छ । शिक्षा सेवा शुल्क लक्ष्यको तुलनामा ८८ प्रतिशत र स्वास्थ्यसेवा कर  लक्ष्यको तुलनामा ८९ प्रतिशत संकलन भएको छ ।

गत वर्षको तुलनामा आयकर वृद्धिदर १४७ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर १२५ प्रतिशत, अन्तशुल्कको वृद्धिदर १६० प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर १३१ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १३१ प्रतिशत छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको