Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी कमर्शियल बैंकको शेयर किन्नु अघि हेरौं कम्पनी विश्लेषण

शुक्रबार, ०६ बैशाख २०७६, १० : ०४ मा प्रकाशित

सेञ्चुरी कमर्शियल बैंकको शेयर किन्नु अघि हेरौं कम्पनी विश्लेषण

सेञ्चुरी कमर्शियल बैंकले वैशाख १२ गते आठौं वार्षिक साधारणसभाको आयोजना गर्ने भएको छ । कम्पनीले पुस मसान्तभित्र सक्नुपर्ने सभा वैशाखमा पुर्‍याएको हो । कम्पनीले शेयरधनीका लागि २ प्रतिशत बोनस शेयर र ४ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले चालू आव २०७५/७६ को दोस्रो त्रैमासमा रू. ५१ करोड ८१ लाख ६८ हजार खुद नाफा कमाएको छ ।

सञ्चालन नाफा ४१ प्रतिशत र खुद ब्याज आम्दानी ५० प्रतिशत बढेपछि नाफा बढ्न पुगेको हो । कम्पनीको सञ्चालन नाफा रू. ७४ करोड २ लाख ४१ हजार छ भने खुद ब्याज आम्दानी रू. १ अर्ब ३३ करोड ९३ लाख ५९ हजार छ । कम्पनीको वितरणयोग्य नाफा गत आवको सोही अवधिको तुलनामा ३६ दशमलव ४२ प्रतिशत बढेर रू. ४४ करोड ३५ लाख पुगेको छ ।

सेञ्चुरी कमर्शियल बैंक : कम्पनी विश्लेषण (शुक्रवार, ६ वैशाख २०७६)

प्राविधिक विश्लेषण
विक्री चाप : बैंकको बिहीवार भएकोे शेयर कारोबारमा विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म २६ हजार १०२ कित्ता शेयर खरीद र २४ हजार ४०५ कित्ता शेयर विक्री गर्ने माग थियो ।

निष्कर्ष
कम्पनीको ६८ दिनको कारोबार अवधिको अन्तिम दिन मर्निङ डोजी स्टार बुलिश आकृति बनेको छ । यस्तो आकृतिले शेयरमूल्य बुलिशमा रिभर्स हुने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५६ दशमलव ६८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ९३ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखालाई हालको मूल्यरेखाले काटेर माथि गएको छ । यसअनुसार रू. १६५ मा टेवा पाएर शेयरमूल्य बढ्न गएको देखिन्छ । बुधवार शेयरमूल्य रू. १ सय ७० देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. १ सय ७२ मा टेवा पाउने देखिन्छ । हालको मूल्यभन्दा तल गएमा रू. १ सय ६५ मा प्रतिरोध पाउन सक्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको