Like us!
Follow us!
Connect us!
Watch us!

रोजगारीको लागि विशेष प्लम्बिङ तालिम

विहीबार, ०५ बैशाख २०७६, १८ : ०५ मा प्रकाशित

रोजगारीको लागि विशेष प्लम्बिङ तालिम

अर्थ संसार, काठमाडौं–  पञ्चकन्या ग्रुपद्वारा सेकी सुई, जापान र स्टारलाईन ईन्टरप्राइजेज, भारतको सहकार्यमा विषेश प्लम्बिङ तालिम बुधबार  र विहिवार भएको छ ।

दुई दिनसम्म सञ्चालन भएको उक्त तालिममा १७५ जना सहभागी भएको र त्यसमा ४ जना महिलाको समेत संलग्नता जनाएका थिए ।

नेपालमा यस किसिमको तालिम दिने पहिलो निजि कम्पनी पञ्चकन्या ग्रुपले सर्वप्रथम प्रारम्भिक प्लम्बिङ तालिम दिइएकोे र यस कम्पनीले जापानको प्रख्यात कम्पनी सेकीसुइ रस्टारलाईन ईन्टरप्राइजेज, भारतका दक्ष, अनुभवी तथा प्रोफेशनल प्रशिक्षकद्वारा सहभागीहरुलाई  प्रशिक्षण दिएको थियो ।

यस तालिमको प्रमुख उद्देश्य भनेको देशका बेरोजगार युवायुवतीहरु लाई सिपमुलक बनाएर आफ्नै देशमा आम्दानी गर्नको लागि वातावरण सिर्जना गर्नु हो ।

तसर्थः पञ्चकन्या ग्रुपले यस वर्ष पनि नेपालको पूर्व देखीपश्चिम सम्म सधैझै प्लम्बिङ तालिमको दिई रहेको हुदा इच्छुक भएकाहरुले इन्टरनेट मार्फत आफ्नो व्यक्तिगत विवरण बुझाई सिपमुलक तालिममा सहभागिताभई प्रमाण–पत्र हासिल गर्न हुन अनुरोध गरिन्छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको