Like us!
Follow us!
Connect us!
Watch us!

यूनाइटेड सिमेन्ट्सको विशेष ग्राहक योजना : बम्परमा कार जित्ने मौका !

विहीबार, ०५ बैशाख २०७६, १७ : ५० मा प्रकाशित

यूनाइटेड सिमेन्ट्सको विशेष ग्राहक योजना :  बम्परमा कार जित्ने मौका !

अर्थ संसार, काठमाडौं– नया“ वर्षको उपलक्ष्यमा यूनाइटेड सिमेन्ट्सले आºना ग्राहकहरुको लागि ल्याएको छ, “यूनाइटेड सिमेन्ट्सको उपहार सररर..... कार” नामक योजना ।

यस योजना अन्तर्गत हरेक २५ बोरा यूनाइटेड सिमेन्ट्सको खरिदमा ग्राहकले १ वटा स्क्र्याच कुपन प्राप्त गर्न सक्नेछन् । कुपन स्क्र्याच गरेर ग्राहकले कम्तीमा पनि ५ ग्राम चा“दी प्राप्त गर्नुका साथ अन्य १० देखि ५० ग्राम चाँदी तथा १ ग्राम देखि १ तोला सुन जित्ने मौका पाउने छन । कुपन स्क्र्याच गर्दा ५ ग्राम चा“दी परेमा खरिद गरेको पसलबाट तुरुन्तै प्राप्त गर्न सकिने प्रावधान रहेको छ ।

यसका साथै योजनाको अन्त्यमा हुने बम्पर लक्की ड्रबाट ५ जोडीले दुबई भ्रमण र १ जना भाग्यशाली विजेताले  Hyundai Santro Car पनि जित्न सक्नेछन् ।

उच्च गुणस्तरको साथ साथै बेला बेलामा विभिन्न उत्साहवद्र्घक योजना आफ्ना ग्राहकमाझ पस्कदै आएको यूनाइटेड सिमेन्ट्सले यो बम्पर पुरस्कार योजना नेपाली सिमेन्ट जगतमै पहिलो पटक सबै भन्दा ठूलो मूल्यको बम्पर उपहार योजना रहेको दाबी गरेको छ ।

ललितपुरको लेलेस्थित आफ्नै चुनढुङ्गा खानीबाट चुनढुङ्गा उत्खनन गरि सिमेन्ट तथा क्लिङ्गकर उत्पादन गर्दै आएको यूनाइटेड सिमेन्ट्सको फ्याक्टी धादिङ्गको नौबिसेमा रहेको छ । उपत्यकाबाट यति नजिक विशाल फ्याक्टी रहेको यूनाइटेड सिमेन्ट्सले गुणस्तरिय सिमेन्ट उत्पादन गरि बजारमा राम्रो पकड जमाउन सफल भएको छ ।

भविष्यमा पनि आफ्नाप्यारा ग्राहकलाई लक्षित गरि अन्य विशेष योजना पस्कने यूनाइटेड सिमेन्ट्सको लक्ष्य रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको