Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लाइफ र गरिमा विकास बैंकबीच बैंकासुरेन्स सम्झौता

विहीबार, ०५ बैशाख २०७६, १७ : ३४ मा प्रकाशित

गुराँस लाइफ  र गरिमा विकास बैंकबीच बैंकासुरेन्स सम्झौता

अर्थ संसार, काठमाडौं– गुराँस लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र गरिमाविकास बैंक लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ ।

गरिमा विकास बैंक लिमिटेडको केन्द्रियकार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक नगदफिर्ता जीवन बीमा र एउटै योजनामा सावधिक , आजीवन र पेन्सनजीवनबीमा योजना सहित १२ वटा जीवन बीमा योजनाविक्रीगर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्येले दुई संस्थाकाबीच बैंकासुरेन्स सम्झौता भएको हो ।

सम्झौतामा इन्स्योरेन्स कम्पनी को तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई र बैंक को तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हस्ताक्षर गर्नुभएको छ गरिमाविकास बैंक लिमिटेडका ग्राहकहरुले बैंकको कुनै पनि शाखाबाट यस कम्पनीको जीवनबीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले हालमात्र नेपालको जीवन बीमा बजारमा नौलो र आकर्षक योजनाहरु प्रस्तुत गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको