Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथविकास वैंकको “ मेरो पहिलो बचत खाता” सञ्चालनमा

विहीबार, ०५ बैशाख २०७६, १७ : २५ मा प्रकाशित

मुक्तिनाथविकास वैंकको “ मेरो पहिलो बचत खाता” सञ्चालनमा

अर्थ संसार, काठमाडौं– आफ्नो स्थापनाकालदेखि नै “ १ व्यक्ति– १ खाता, १ परिवार – १ उद्यमी” नारा आत्मसाथ गर्दै ग्राहकहरुलाई सेवा सुविधा प्रदानगर्दै आइरहेको मुक्तिनाथ विकास बैंकले  नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको  “ समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता” भन्ने नारा सहित“ खोलौ बैंक खाता अभियानलाई २०७६ ”अभियानलाई सफलपार्नको लागिनयाँ बचत योजना“मेरो पहिलो बचत खाता” सञ्चालन गरेको छ ।

२०७६ बैशाख १ गते देखि लागु हुने उक्त बचत खाताखोल्नुहुने प्राकृतिक व्यक्तिहरुलाई खाताखोल्ना साथबैंकले रु १०० /–(अक्षरुपी रु एक सयमात्र) नगद खातामा जम्मा गरिदिने र ग्राहकहरुको NTC वा NCELL को मोवाइल नम्बरमा रु १००/– (अक्षरुपी रु एक सयमात्र )बराबरको रिचार्ज ( टपअप ) गरिदिने छ ।


यस खातामा दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याजदरका साथै निःशुल्क आश्वा सेवा, निःशुल्कअन्तर शाखा कारोबार, निःशुल्क मोबाइल बैकिंङ्ग सुविधा र देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका करिब ३००० ATM बाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध छन् ।

हालसम्म बैंकले देशैभरी आफ्ना ११४ वटा शाखा र २२ वटा एटिएमबाट करिब ६ लाख ग्राहकवर्गलाई बैकिङ्ग सेवाहरु प्रदानगर्र्दै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको