Like us!
Follow us!
Connect us!
Watch us!

तनाव बढ्न थालेपिछ पाकिस्तानले डाक्यो सुरक्षा समति बैठक

शुक्रबार, १४ असोज २०७३, १६ : ४४ मा प्रकाशित

तनाव बढ्न थालेपिछ  पाकिस्तानले डाक्यो सुरक्षा समति बैठक

अर्थ संसार

 पाकिस्तान – पाकिस्तानको सीमा क्षेत्रमा भारतको तर्फबाट भएको ‘सर्जिकल स्ट्राइक’ पछि दुवै देशबीच बढदो तनावलाई लिएर पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले सुरक्षा समिति र संसद्को संयुक्त बैठक वोलाएका छन् । 

उता सीमा क्षेत्रका बस्तीहरूबाट मानिसहरू हटाउने काम भइरहेको समाचार प्राप्त भएका छन् । आज पाकिस्तानी मन्त्रिमण्डलको बैठक बस्दैछ जसमा भारत र पाकिस्तानको ताजास्थिति मुख्य एजेण्डा रहेका छन् ।

यसअघि प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्तिमा नवाज शरिफले भारत प्रशासित काश्मिरमा भारतले गरेको ‘अत्याचार’ वारे छलफल गर्न मंगलबार सुरक्षा समितिको बैठक वोलाइएको बताएका छन् । विज्ञप्तिमा सुरक्षा समितिको बैठकमा भाग लिन चारै प्रान्तमा मुख्यमन्त्रीलाई पनि वोलाइएको छ र बुधबार संसद्को संयुक्त बैठक पनि डाकिएको उल्लेख छ ।

भारतले सीमा क्षेत्रमा ‘सर्जिकल स्ट्राइक’ गरेको दावी गरेको छ । यसमा पाकिस्तानी सेनाको जन संपर्क विभागले भने भारतले कुनै ‘सर्जिकल स्ट्राइक’ नगरेको बरू सीमा क्षेत्रमा बिना कारण फाइरिङ भने गरेको जनाएको छ । पाकिस्तानी सेनाले यो पनि भने छकी यदी भारतले उसले भनेजस्तो ‘सर्जिकल स्ट्राइक ग¥यो भने त्यसको कडा जवाफ दिइनेछ ।

उता पाकिस्तानले भारतिय उच्चाउक्तलाई भेटेर सीमा क्षेत्रमा भएको बिना कारणको फाइरिङ र त्यसका कारण भएको दुई पाकिस्तानी सैनिकको मृत्युवारे विरोध जनाएको बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको