Like us!
Follow us!
Connect us!
Watch us!

कैलालीको बलियामा जनता बैंकको नयाँ शाखा

बुधबार, ०४ बैशाख २०७६, १६ : १४ मा प्रकाशित

कैलालीको बलियामा जनता बैंकको नयाँ शाखा

अर्थ संसार, काठमाडौं– जनता बैंक नेपाल लिमिटेडको कारोवार विस्तारको क्रममा लम्की चुहा नगरपालिका वडा नं. ४, बलिया शाखाबाट कारोवार शुभारम्भ गरिएको छ ।

 बुधबार एक समारोहकाबिच सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री  झपटबहादुर बोहोराले बलिय ाशाखाको समुद्घाटन गर्नु भयो ।

उक्त समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै  सुदुरपश्चिम प्रदेशका आर्थिक मामिलातथा योजनामन्त्री बोहोराले जनता बैंकको स्थापनाले यस क्षेत्रका जनताको जीवनस्तर उठाउन महत्वपूर्ण भुमिका रहने चर्चा गर्नुभयो ।

बैंकका संचालक  रामबहादुर भण्डारीको सभापतित्वमा सम्पन्न उक्तकार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्री, लम्की चुहा नगरपालिकाको उपप्रमुख टिका थापा, लम्कीचुहा उद्योग बाणिज्य संघका अध्यक्ष पदम चौलागाईंले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा लम्कीचुहा न.पा. वडा नं. ४ का वडा अध्यक्ष  लालबहादुर बोगटी, वडा नं. ८ का अध्यक्ष पूर्ण विष्ट, लम्की बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख  सरोज शाह, बैंकका नेपालगञ्ज क्षेत्रीय प्रमुख  ध्रुबकुमार पौडेल, उपप्रमुख  मुकुन्दप्रसाद भट्ट र बलिया शाखाका प्रबन्धक  चिरन्जिबी रावलको पनि उपस्थिति रहेको थियो । यस बलिया स्थित शाखा र एटिएम समेतबाट एकै साथ कारोबार संचालनमा आएको छ ।

यस शाखा उद्घाटनको अबसरमा सोही स्थानमायस बैंकको आयोजना र धनगढी नेत्रालय आँखा अस्पतालको प्राविधिक सहकार्यमा निःशुल्क आँखा शिविर पनि आयोजना गरिएको थियो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत आयोजना गरिएको उक्त बृहत आँखा शिविरमा निःशुल्क औषधी र चस्मा वितरण गरिएको थियो ।

१ हजार जना भन्दा बढीको आँखा परिक्षण गरिएको उक्त आँखा शिविरमा छानिएका मोतिबिन्दु सम्बन्धि बिरामीको धनगढी नेत्रालयमा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने छ ।

जनता बैंकको यस बलिया शाखासँगै मुलुकको सबै प्रदेशमा गरी शाखा संख्या १२९ पुगेको छभने सुदुरपश्चिम प्रदेशमा शाखा संख्या ९ पुगेको छ । साथै यसै प्रदेशको धनगढी उपमहानगरपालिका वडा नं. १ सेतोपुलमा नयाँ शाखा खुल्ने क्रममा रहेको छ ।

बैंकले यि शाखाहरु सहित ९६ एटिएम, ५० शाखा रहित बैंकिङ्क, ३ एक्स्टेनसन काउन्टर र १ सिमित्त बैंकिङ्कबाट करिव ६ लाखग्राहकहरुलाई सहज र सरल बैंकिङ्क सेवा पुर्याइरहेको छ ।

5cb702856af5a.jpg 5cb70286609ae.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको