Like us!
Follow us!
Connect us!
Watch us!

धादिङ्गकोे गल्छीमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर

मंगलबार, ०३ बैशाख २०७६, ११ : ५६ मा प्रकाशित

धादिङ्गकोे गल्छीमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर

अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले सोमबारदेखि धादिङ्ग जिल्लाको गल्छी गाँउपालिका वडा नं ६, गल्छी स्थित करदाता सेवा कार्यालको भवनमा एक्सटेन्सन काउण्टर सुरु गरेको छ ।

धादिङ्गको गल्छी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको चाहानालाई मध्यनजर गर्दै बैंकले खोलेको उक्त एक्सटेन्सन काउण्टरकोे उद्घाटन नेपाल सरकारका माननीय अर्थमन्त्री युवराज खतिवडाको रोहवरमा भयो । उक्त एक्सटेन्सन काउण्टरले राजश्व संकलनका साथै अन्य बैंकिङ्ग सेवा समेत प्रदान गर्नेछ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा आर्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले १३६ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, १० वटा एक्सटेन्सन काउण्टर तथा १२६शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि\सम्पर्क कार्यालय मार्पmत आफ्ना १० लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा रु. १५ लाखसम्मको बिना धितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ साथै अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ ।

त्यसैगरी बैंकले मलेसिया,दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन, बेलायत, भारत लगायतका मुलुकबाट रेमिट्यान्स भिर्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको