अर्थ संसार, काठमाडौं -लुक्ला विमानस्थलमा ल्यान्ड गरिराखेको मनाङ एयरको हेलिकप्टरलाई टेकअफ गर्न लागेको समिट एयरको जहाज ठोक्किँदा ४ जनाको घटनास्थलमै ज्यान गएको छ।
चार जनामध्ये तीन जनाकाे सनाखत भएकाे छ। लुक्ला विमानस्थलका अनुसार जहाजका कोपाइलट एस ढुंगाना र विमानस्थल सुरक्षामा रहेका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको सनाखत भएकाे हाे। त्यस्तै उपचारकाे क्रममा विमानस्थलका प्रहरी सहायक निरीक्षक रूद्रबहादुर श्रेष्ठकाे पनि ज्यान गएकाे छ।
मनाङ एअरको हेलिकोप्टरले लुक्लामा पर्यटक छाडेर टेकअफ गर्न खोज्दा मनाङ हेलिकोप्टरसँग ठोक्किन पुगेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिए। उनक आनुसार घटना आज बिहान साढे ९ बजेतिर भएको हो। त्यस्तै सोही दुर्घटना स्थल नजिक रहेको श्रीएयरको हेलिकोप्टरमा पनि क्षति पुगेको उनले बताए।
यसैबीच जहाजका कोपाइलटको शव त्यसठाउँबाट झिकिसकिएको छ। हेलिकप्प्टरमा भने पाइलटबाहेक अन्य यात्रु नभएका प्रारम्भिक जानकारी आएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस