Like us!
Follow us!
Connect us!
Watch us!

हरेक क्षेत्र र चरित्रमा समावेशी भावना प्रदर्शित हुन सकोस्– पूर्वअध्यक्ष रेग्मी

आइतबार, ०१ बैशाख २०७६, ०७ : २२ मा प्रकाशित

हरेक क्षेत्र र चरित्रमा समावेशी भावना प्रदर्शित हुन सकोस्– पूर्वअध्यक्ष रेग्मी

अर्थ संसार, काठमाडौं -मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले नव वर्ष २०७६ सालको आगमनको सुखद अवसरमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

नयाँ वर्ष २०७६ सालका उपलक्ष्यमा दिनुभएको सन्देशमा उहाँले भन्नुभएको छ, “नयाँ वर्षका हरेक दिन नयाँ बनुन् । उन्नति र प्रगतितर्फ नयाँ पाइला चालिँदै जाऊन् । परनिर्भरता होइन, आत्मनिर्भरताको बाटो फराकिलो हुँदै जाओस् ।”

शासकीय सुशासन र विकासका लागि प्राथमिकीकरण गरिएका क्षेत्रमा निर्धारित पूँजीगत खर्च गर्ने क्षमताबाट नै हाम्रो सही गन्तव्य सुनिश्चित हुने बताउँदै पूर्वअध्यक्ष रेग्मीले हरेक क्षेत्र र चरित्रमा समावेशी भावना प्रदर्शित हुनसकेमा नै सबैको ऐक्यबद्धता र अपनत्वभाव प्रदर्शित हुने उल्लेख गर्नुभएको छ ।

सन्देशमा उहाँले भन्नुभएको छ, “समृद्ध नेपालको नेपाली सपना पूरा गर्न हाम्रा सबै पाइला केन्द्रित होऊन् । नयाँ वर्षले त्यसैमा निष्ठाका साथ लाग्न प्रेरित गरोस् भन्दै सबै नेपालीमा सुख शान्तिको कामना गर्दछु ।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको