Like us!
Follow us!
Connect us!
Watch us!

‘विकासका मार्गमा लम्किन २०७६ साल सफल हुने विश्वास’

आइतबार, ०१ बैशाख २०७६, ०७ : २० मा प्रकाशित

‘विकासका मार्गमा लम्किन २०७६ साल सफल हुने विश्वास’

अर्थसंसार, काठमाडौं -  सभामुख कृष्णबहादुर महराले नेपाली जनताको लामो सङ्घर्षपछि प्राप्त राजनीतिक उपलब्धिलाई सुदृढ गर्दै विकासको मार्गमा लम्किन २०७६ साल सफल हुने विश्वास व्यक्त गर्नुभएको छ ।

नव वर्ष २०७६ साल शुभारम्भको पावन अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले नयाँ वर्षमा मुलुकको सामाजिक रुपान्तरण, विकास र समृद्धिका यात्रामा द्रुत गति पैदा हुने र सरकारले लिएको ‘समृद्ध नेपाल–सुखी नेपाली’को नारालाई सार्थक बनाउने उल्लेख गर्नुभएको छ ।

सभामुख महराले सन्देशमा भन्नुभएको छ, “आजदेखि हामीले २०७५ साललाई बिदा गरेका छौँ । सङ्घीय संसद्ले २०७५ सालमा मौलिक हकसम्बन्धी ऐन निर्माण गर्नुका साथै संविधानसँग बाझिएका थुप्रै ऐन, कानून संशोधन गरी संविधानलाई पूर्णता दिने वर्षका रुपमा बिताएको छ । राष्ट्रले यो वर्ष स्थायी शान्ति, दिगो विकास र समृद्धिको यात्रामा अघि बढ्ने आधार तयार गरेको छ ।”

उहाँले नयाँ वर्षसँगै हामी सबैमा सकारात्मक सोच, चिन्तन र विचारको विजारोपण गरी प्रगतिपथमा लम्किन सबैलाई सफलता मिलोस् भन्ने कामना गर्नुभएको छ ।

सभामुख महराले नयाँ वर्ष २०७६ सालले नेपाली–नेपालीबीच आपसी सद्भाव, समझदारी र सहयोगी भावनाको विकास हुनुका साथै लोकतन्त्र, राष्ट्रियता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्दै देश तथा विदेशमा रहनुहुने समस्त नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको