Like us!
Follow us!
Connect us!
Watch us!

भृकुटीमण्डपमा ‘अन्तरराष्ट्रिय मिडिया सम्मेलन’

विहीबार, २८ चैत्र २०७५, १७ : ४३ मा प्रकाशित

भृकुटीमण्डपमा ‘अन्तरराष्ट्रिय मिडिया सम्मेलन’

अर्थ संसार, काठमाडौं – मिडिया क्षेत्रका जल्दाबल्दा विषयमा छलफल गर्न  ‘अन्तरराष्ट्रिय मिडिया सम्मेलन’ शुरु भएको छ । मिडिया एकेडेमीले आज भृकुटीमण्डपमा आयोजना गरेको सम्मेलनमा नेपालका मिडियाका लगानीकर्ता, सम्पादक, समाचारदाता, मिडिया विद्यार्थी लगायतको उपस्थिति रहेको आयोजकले बताएको छ ।

मिडिया सोसाइटी नेपालका अध्यक्ष शुभशङ्कर कँडेलले सरकारले मिडियामैत्री कानून बनाई कार्यान्वयन गर्नुपर्ने खाँचो औँल्याउनुभयो । सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष सुवास खतिवडाले सामुदायिक रेडियोहरुलाई सहज रुपमा अनुमतिपत्र दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले सामुदायिक रेडियोको अनुमतिपत्र रोक्नुहुँदैन ।”

जनता टेलिभिजनका अध्यक्ष विजय पौडेलले कार्यक्रमबाट मिडियाका बारेमा छलफल शुरु भएको बताउनुभयो । ‘रातोपाटी डटकम’का संस्थापक प्रधानसम्पादक ओम शर्माले एउटा अनलाइनमा आएका कुरा जस्ताको तस्तै अर्काेमा सार्ने समस्या रहेको बताउनुभयो । सम्मेलनसँगै तीन दिन नै मेला आयोजना हुने आयोजकले बताएको छ । मेलामा ६७ कक्ष छन् । मिडियालाई चाहिने सामग्री कक्षमा रहेको आयोजकले जनाएको छ ।

 

5caf2cfc2a059.jpg 5caf2cfed5338.jpg 5caf2d05f36cf.jpg 5caf2d105e8a3.jpg 5caf2d123ca5b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको