Like us!
Follow us!
Connect us!
Watch us!

सिरियामा आक्रमण नरोक्ने रुसको घोषणा

शुक्रबार, १४ असोज २०७३, १६ : ३७ मा प्रकाशित

सिरियामा आक्रमण नरोक्ने रुसको घोषणा

अर्थ संसार

एजेन्सी – रुसले सिरियाको विद्रोही नियन्त्रित एलेप्पो शहरको पूर्वी क्षेत्रमा आक्रमण जारी राख्ने जनाएको छ । अमेरिकाले आक्रमण रोक्न गरेको आग्रहको बेवास्ता गर्दै रुसले विद्रोही नियन्त्रित क्षेत्रमा कारबाही जारी राख्ने जनाएको हो ।

रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेशकोभले आफ्ना वायुसेनाले सिरियाली सुरक्षा बललाई दिएको समर्थन जारी रहने स्पष्ट पारेका हुन् । उनले सिरियाली आतंकवादीहरुलाई पराजित गर्नै पर्ने बताए ।
यसअघि अमेरिकी विदेशमन्त्री जोन केरीले एलेप्पोमा रुसले कारबाही नरोके सिरियाका विषयमा रुससँगको वार्ता स्थगित गर्ने चेतावनी दिएका थिए । अमेरिका र रुसबीच सिरियामा युद्धविरामका लागि केही महिनादेखि वार्ता हुँदै आएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको