Like us!
Follow us!
Connect us!
Watch us!

विराटलक्ष्मीको नाफा कति बढ्यो ?

सोमबार, १० माघ २०७३, १३ : १४ मा प्रकाशित

विराटलक्ष्मीको नाफा कति बढ्यो ?

अर्थ संसार

काठमाडौं–प्राइम कमर्शियल बैंकको प्राप्ति प्रक्रियामा रहेको बिराटलक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो तीन महिनामा ५२ प्रतिशतले नाफा बढाएर ६ करोड १९ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । विराटलक्ष्मीले गत आर्थिक वर्षको यही अबधिमा ४ करोड ६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले पुस अन्तिमसम्म४ अर्ब ८९ करोड रुपैया निक्षेप संकलन गरेर ३ अर्ब १९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । 

यस अबधिमा बैंकको जगेडा कोषमा २३ करोड ८० लाख रुपैयाँ जम्मा भएको छ । बैंकको चुक्तापूँजी ४२ करोड ५३ लाख रुपैयाँ छ ।विराटलक्ष्मीको खराब कर्जा भने यस अबधिमा केही बढेको छ । बैंकको एनपिए १.१४ प्रतिशत भएको छ । अघिल्लो बर्षको यसै अबधिमा बैंकको 

खराब कर्जा ०.३९ प्रतिशत थियो । बैंकको प्रतिशेयर आम्दानी २९.११ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४.१९ गुणा छ । बैंकले यसपाली सेयरधनीलाई १८ प्रतिशत बोनस बाँडेको थियो । 

5885b2cc30b02.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको