Like us!
Follow us!
Connect us!
Watch us!

न्युलुक कस्मेटिकले माग्यो १४ कर्मचारी

सोमबार, १० माघ २०७३, १२ : ५४ मा प्रकाशित

न्युलुक कस्मेटिकले माग्यो १४ कर्मचारी

अर्थसंसार

काठमाडौँ–न्युलुक कस्मेटिक कम्पनीले १४ जना कर्मचारीको लागि निवेदन खुल्ला गरेको छ । कम्पनीको विभिन्न ठाउँमा रहेको शाखाको लागि कार्यलयमा प्रशासकदेखि ब्युटिसियनसम्म माग गरेको हो । 

कम्पनीले काठमाडौँमा रहेको शाखाको लागि २ जना अफिस प्रशासक र ४ जना मार्केटिङ कार्यकारीको लागि निवेदन खुल्ला गरेको छ । यस्तै कम्पनीले पोखरामा रहेको शाखाका लागि २ जना, बुटवलमा रहेको शाखाका लागि १ जना र पूर्वी तराईका लागि ३ जना मार्केटिङ कार्यकारी मागेको छ । 

यस्तै काठमाडौँमा रहेको शाखाको लागि १ वर्षको अनुभव भएका २ जना ब्युटिसियनको माग पनि कम्पनीले गरेको छ । ईच्छुक व्यक्तिले [email protected] मा आफ्नो व्यक्तिगत विवरण पठाउन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको