Like us!
Follow us!
Connect us!
Watch us!

हेटौँडा उपमहानगरको आन्तरिक आय १५ प्रतिशतले वृद्धि

विहीबार, २१ चैत्र २०७५, १० : ३१ मा प्रकाशित

हेटौँडा उपमहानगरको आन्तरिक आय १५ प्रतिशतले वृद्धि

अर्थ संसार, काठमाडौं– उपमहानगरपालिकाले गत वर्षको तुलनामा १५ प्रतिशतले आन्तरिक आय वृद्धि गरेको पाइएको छ ।

उपमहानगरपालिकाको चौथो नगरसभाका अवसरमा प्रस्तुत प्रतिवेदनमा आन्तरिक आयमा वृद्धि भएको पाइएको हो । उक्त वृद्धिदरलाई आधार मान्दा चालू आर्थिक वर्षको अन्त्यसम्ममा उपमहानगरपालिकाले आन्तरिक आयमा गत वर्षको सङ्कलनमा रु १० करोड थप गर्ने देखिएको छ ।

उपमहानगरले चालू आर्थिक वर्षको हालसम्म रु २२ करोड ६० लाख आम्दानी गर्न सफल भएको छ । आन्तरिक आयमा रु १० करोडले वृद्धि हुने अनुमान गरिएको उपप्रमुख मीना लामाले जानकारी दिनुभयो । उहाँका अनुसार आन्तरिक आयमा वृद्धिसँगै नगरको साविक बजेटमा वृद्धि भएर रु एक अर्ब ७७ करोड पुगेको छ ।

चालू वर्षको अन्त्यसम्ममा उपमहानगरपालिकाको आम्दानी रु एक अर्ब ८७ करोड हुने अनुमान गरिएको उपप्रमुख लामाले बताउनुभयो । उक्त रकम चालू आवमा स्वीकृत भएको रकमभन्दा १५ प्रतिशत अर्थात् रु २४ करोड ६२ लाखले बढी हो ।

नदीजन्य पदार्थ, विज्ञापनकर, पूर्वाधार मर्मतसम्भार, सार्वजनिक शौचालय, सिमेन्ट निकासी करलगायतका क्षेत्रबाट बढी राजश्व सङ्कलन भएको छ । चालू आवको हालसम्म भौतिक पूर्वाधारका ३८९ योजना सम्झौता भएर सञ्चालनमा आएका छन् । ती मध्ये २०५ योजना सम्पन्न भइसकेका छन् भने १८४ योजना निर्माणाधीन अवस्थामा रहेको उपप्रमुख लामाको भनाइ छ । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको