Like us!
Follow us!
Connect us!
Watch us!

वन तथा माटो संरक्षण मन्त्रालयले माग्यो १४ जना कर्मचारी

आइतबार, ०९ माघ २०७३, १४ : ३३ मा प्रकाशित

वन तथा माटो संरक्षण मन्त्रालयले माग्यो १४ जना कर्मचारी

अर्थसंसार
काठमाडौँ – के तपाईलाई सरकारी जागीरको खोजीमा हुनुहुन्छ ? तयार हुनुस् । वन तथा माटो संरक्षण मन्त्रालयले १४ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले ५ जना  जिल्ला जलवायु परिवर्तन विशेषज्ञका लागि निवेदन खुल्ला गरेको छ । उक्त पदका लागि २ वर्षको अनुभवसहित  क्लाइमेन्ट चेन्ज, इन्भारोमेन्ट मेनेजमेन्टलगायतका विषयमा स्नातक गरेको हुनुपर्नेछ ।

यस्तै मन्त्रालयले कामको स्थानीय योजना बनाउने ६ जना संयोजकको माग गरेको छ । उक्त पदका लागि ५ वर्षको अनुभवसहित स्नातक गरेको हुनुपर्नेछ ।यस्तैगरी मन्त्रालयले १ जना भूमि प्रयोग योजनाकारको लागि निवेदन खुल्ला गरेको छ । उक्त पदका लागि ४ वर्षको अनुभवसहित स्नातक गरेको हुनुपर्नेछ ।यस्तै मन्त्रालयले  १ जना पशुधन विशेषज्ञ मागेको छ । उक्त पदका लागि ७ वर्षको अनुभवसहित स्नाकोत्तर गरेको हुनुपर्नेछ ।

यस्तैगरी १ जना ज्ञान व्यवस्थापन विशेषज्ञको लागि पनि मन्त्रालयले दरखास्त आह्वान गरेको छ । उक्त पदका लागि ७ वर्षको अनुभवसहित स्नाकोत्तर गरेको हुनुपर्नेछ ।
ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले www.rollingplans.com.np/asha अनलाईन फर्मसहित आफ्नो व्यक्तिगत विवरण [email protected]  मा पठाउन सक्नेछन् । 

5884744bb5b76.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको