Like us!
Follow us!
Connect us!
Watch us!

ओखलढुंगामा भूकम्पपीडितलाई हेलिकप्टरमा लगेर बाँडियो पहिलो किस्ता

आइतबार, ०९ माघ २०७३, १० : ४६ मा प्रकाशित

ओखलढुंगामा भूकम्पपीडितलाई हेलिकप्टरमा लगेर बाँडियो पहिलो किस्ता

अर्थ संसार
गाम्नाङ्टार (ओखलढुङ्गा)– भूकम्प गएको झण्डै २१ महिनापछि जिल्लाको दुर्गम क्षेत्रमा पर्ने गाम्नाङ्गटार र टार केरावारी गाविसका भूकम्पपीडित परिवारलाई सरकारले हेलिकप्टर लगेरे पहिलो किस्ताको अनुदान बाँडेको छ । त्यसअबसरमा अन्य सरकारी निकायले समेत स्थानीय बासिन्दालाई एकिकृत सेवा उपलब्ध गराएका छन् ।

ती दुई गाविसका झण्डै सात सय परिवारलाई करिव ३ करोड ५० लाख रुपैया वितरण गरिएको छ । पहिलो किस्तावापत प्रतिपरिवार ५० हजार रुपैया वितरण गरिएको छ । ती दुई गाविस सदरमुकामबाट झण्डै दुई दिनको पैदल दुरीमा छन् ।

यसै अबसरमा स्थानीय प्रशासनले नागरिकता, जग्गापास, राहदानी, कृषि, स्वास्थ्य शिविर, अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचय पत्र वितरणलगायतका एकिकृत घुम्ती शिविर सञ्चालन गरेको छ ।सांसदहरु रामहरि खतिवडा, यज्ञराज सुनवार र हर्कवोल राईले ग्रामोदय युगकवि सिद्धिचरण उच्च मावि गाम्नाङ्गटारमा आयोजित कार्यक्रममा सरस्वती वस्नेत, कल्याणी रोका र टेकबहादुर बुढाथोकीलाई पहिलो किस्ता वापतको अनुदान रकम हस्तान्तरण गरेका थिए । यस्तै प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले नागरिकता प्रदान गरेर प्रशासनिक सेवाको शुरुवात गरे ।

‘अहिलेसम्म टहरामै ऋण काँढेर कष्टले वसेका छौ, अव पहिलो किस्ता पाएपछि घर निर्माणको कार्य अघि बढाउँछौ,’ टारकेरावारीका ६२ वर्षिय यज्ञबहादुर अछामीले भने । जिल्लाका ५० मध्ये पकली, टार र रगनी गाविसमा अझै अनुदानको पहिलो किस्ता वितरण हुन सकेको छैन  । सांसद यज्ञराज सुनवारले सरकारले ढिलो भएपनि अनुदान रकम उपलब्ध गराउनु सह्रानीय काम भएको बताए  । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिका प्रमुख युवराज खरेलले १८ हजार ८ सय प्रभावित परिवार मध्ये अधिकांशसँग अनुदान सम्झौता भएको बताउँदै ७ सय ६७ घर मात्र निर्माण हुँदै गरेको जानकारी दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको