Like us!
Follow us!
Connect us!
Watch us!

तेरियाले भारतमा जितिन झलक दिखलाजाको ताज, ४८ लाख रुपैयाँका साथ कार (भिडियोसहित)

शनिबार, ०८ माघ २०७३, ११ : ३७ मा प्रकाशित

अर्थ संसार 

काठमाडौं–नेपालकी छोरी १४ वर्षीया तेरिया मगरले भारतको टेलिभिनज नृत्य रियालिटी शो ‘झलक दिखलाजा’ को शीर्ष उपाधिसँगै ३० लाख भारतीय रुपैयाँ (४८ लाख रुपैयाँं) का साथ एउटा रेनाल्ड डस्टर कार जितेकी छन् । यसअघि भएको ‘डान्स इन्डिया डान्स’ को सिजन ३ सोसमेत जितेकी उनको भारतमा दोसो ठूलो उपलब्धि हो । झलक दिखलाजा भारतीय टेलिभिजन च्यानले कलर्सले आयोजना गरेको हो तेरियाको फाइनल प्रतिस्पर्धा शनिबार साँझ प्रशारण हुने छ । 

नेपालीले अनलाइन भोटिङमार्फत आफ्ना मुलुकका प्रतिस्पर्धिलाई जिताउन सक्छन् भन्ने फेरि एक पटक प्रमाणित गरेका छन् । झलक दिखलाजाको फाइनलमा तेरियाको प्रतिस्पर्धा डान्स इन्जिया डान्सको पहिलो संस्करणका विजेता सलमान युसुफ खान र वल्र्ड हिपहप च्याम्पियन सान्तनु महेश्वरीसँग भएको थियो । 

तेरियाले डान्स इन्डिया डान्स प्रतिस्पर्धा जित्नुअघि वेलफेयर क्याराभानको संस्थाले आयोजना गरेको नृत्य प्रतिस्पर्धामा १ लाख रुपैयाँ जितेकी थिइन् । तेरियकाका बाबु कतारमा काम गर्छन् । उनलाई हजुरबा, आमा र दिदीले यस अबस्थामा पुग्न हौस्याइरहेका छन् ।

आफ्नो नृत्य प्रतिधा प्रस्तुत गर्न तेरिया १५ भन्दा बढी मुलुक पुगिसकेकी छन् । उनी डान्स इन्डिया डान्समा तीन बर्षका लागि अनुबन्धित भएकी छन् । उनलाई कतै कार्यक्रम गर्न जान त्यसकै टिमको अनुमति लिनु पर्छ । उनलाई कतै कार्यक्रममा जाँदा डान्स इन्डिया डान्सको आयोजकले खर्च बेहोर्छ । उनले पाएको रकमको ५० प्रतिशत डिआइडी आयोजकलाई दिनु पर्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको