Like us!
Follow us!
Connect us!
Watch us!

शेयर लगानीकर्ता दबाब समूहको आन्दोलन : के भन्छन् शेयर विश्लेषक ?

मंगलबार, १२ चैत्र २०७५, १० : ०२ मा प्रकाशित

शेयर लगानीकर्ता दबाब समूहको आन्दोलन :  के भन्छन् शेयर विश्लेषक ?

अर्थ संसार, काठमाडौं–खासै चहलपल नहुने जावालाखेल अवस्थित नेपाल धितोपत्र बोर्ड हिजो  आइतबार एकाएक तात्यो ।

शेयर लगानीकर्ता दबाव समूहले आफूले राखेको पूँजी बजार सुधार र विस्तारको ३२ बुँदे मागको सुनुवाई नभएको भन्दै आइतबार तालाबन्दी गरी धर्नामा बस्यो ।झण्डै ५ घण्टाको तालाबन्दी पछि एकाएक व्यापक प्रहरी आइपुग्यो र आन्दोलनकारी समूहलाई तितरवितर पार्दै ताला फुटायो ।

आन्दोलनमाथि प्रहरीले हमला गरेको भन्दै आन्दोलन  दबाव समूहले नयाँ आन्दोलनको रणनिति बनाएर अघि बढ्ने जनाएका छन् । यस आन्दोलनको विषयमा  शेयर बजारका  अगुवाई र लगानीकर्ता यसो भन्छन :

राधा पोखरेल, अध्यक्ष नेपाल पूँजीबजार लगानीकर्ता संघ

हुन त उहाँहरु पनि पुँजीबजारकै हकहितको लागि लाग्नु भएको छ ।  सवैको साझा माग नै पुँजीबजारको हित हो  ।  तर, अहिलेको  आन्दोलन बेमौसमी बाजा हो । अहिलेको परिबेसमा आन्दोलन गरिरहनु पर्ने छैन । पूँजीबजारलाई सुधारको  निमित्त नेपाल सरकार लागि परेको छ । अर्थमन्त्री डा। यूबराज खतिवडाज्यूले बनाउनु भएको उच्च स्तरीय कार्यदलमा म स्वयमं सदस्य छु ।

हामिले अर्थ मन्त्रालयलाई ५८ बुँदे सुझाब पेस गरेको छौ । कति पुरा भैसकेका छन भने कति कार्यान्वायनकै चरणमा छन । अल्पकालिन मद्धकालिन र दिर्घकालिन गरेर बनाएको प्रतिबेदन पुरा हुन  एकैचोटि सम्भब हुने कुरा पनि छैन  ।  किनकि कति कुरा संसोधन नै गर्नुपर्ने हुन्छ र समय सँगै पुरा हुनेछन्  ।  हुन त पुँजीबजारमा अझै पनि धेरै छन् सुधार गर्नुपर्ने र यो पुरा गराउन हाम्रो संघ अहोरात्र लागिपर्नेछ ।

तर, के यसरी आन्दोलन गर्दैमा पुँजीबजारको सुधार हुन्छ र ? नजिकिदै गरेको लगानी सम्मेलनको पूर्व सन्ध्यामा यसरी बितण्डा मच्चाउनु भनेको लगानीकर्ताकै दुर्भाग्य हो । हाम्रो नेपाल पुँजीबजार लगानीकर्ता संघ सदैव लगानीकर्ताको हक हितको लागि अहोरात्र लागिपर्नेछ । तर यस प्रकारले लाग्ने छैन ।

रामु खनाल, शेयर बजार विश्लेषक

कुनै पनि समस्याको  समाधानको उत्तम माध्यम  भनेको बार्ता नै  हो । तालाबन्दी लगायतका आन्दोलनका बिधिबाट समस्याको समाधान भन्दा पनि समस्यामा थप जटिलता थपिन सक्छ । यो नितान्त आर्थिक मुद्दा भएकोले दुबै पक्षबाट यसलाई राजनीतिक मुद्दाको रूपमा हेरिनु हुँदैन र जुगाको लडाइमा रुपान्तरण गर्नु पनि हुँदैन ।

कुनै पनि गलत कार्यलाई कतैबाट पनि संरक्षण गरिनु हुँदैन र गलत गर्नेलाई कानुन बमोजिम  कारबाहीको दायरामा ल्याउनु पर्छ । बजार बढ्दा वा घट्दा बिज्ञप्ति जारी गर्न हतार गर्ने तर बजारको  बिकास र बिस्तारको काममा भने निदाउने नियामक निकायको क्रियाकलापमा परिवर्तन ल्याउनु पर्छ । दवाब समुह भन्दैमा दवाब दिने मात्र होईन समस्या समाधानको लागि सहकार्य पनि गर्नुपर्छ ।

एस.पि चौलागाई , शेयर बजार विश्लेषक

आन्दोलन गर्नु पर्छ । यसले शेयर बजारप्रति गलत र  अपराधिक मानसिकता बोकेका नियामय निकायका लागि यो दबाबमूलक कार्यक्रम अझै थोरै छ। यो आन्दोलन शेयर बजारको लागि आवश्यक छ । साथै, सवै लगानीकर्ताले यस आन्दोलनमा साथ र समर्थन गर्नु आवश्यक देखिन्छ । यसले पछिका दिनमा शेयर बजारमा सकरात्मक सुधार हुने अपेक्षा गर्दछु ।

नरेन्द्र चुदाली,शेयर बजार विश्लेषक

देश समृद्धिको अभियानमा अगाडि बढदै गर्दा पुँजि बजारको विकाश विस्तार र विविधिकरणको लागि लगानीकर्ताले देखाएको चासो र चिन्तालाइ सकारात्मक रुपमै लिनुपर्छ जस्तो लाग्छ।

यस्ता दवाब अभियानहरुम लगानिकर्ताहरु विभाजित भएर भन्दा पनि संगठित रुपमा अगाडि बढदा विषयले गाम्भिर्यता ग्रहण गर्छ। तर दवाब अभियान शान्तिपूर्ण र रचनात्मक हुनु जरुरी छ। लगानिकर्ताको आन्दोलनले लगानिकर्ताहरुलाइ नै असर पर्ने स्थितिको सृजना भने गर्नु हुँदैन।

मिलन खड्का, संचालक, अरुण भ्याली हाइड्रोपावर 

नयाँ सरकार गठन भएदेखि नै शेयर बजार निरन्तर ओरालो गतिमा छ । राज्यको अवस्था र सरकारको नीति कस्तो  छ ? शेयर बजार त्यसको ऐना हुने गर्दछ ।

राष्ट्र बैंकको लामो अनुभव बटुलेका अर्थमन्त्रीले शेयर बजारलाई सकारात्मक रुपमा नलिदाँ लगानीको अबौं रुपैयाँ  डुवेको प्रष्ट छ । यस बारे  शेयर लगानीकर्ताले बारम्बार आवाज उठाइरहेतापनि नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड मौन रहनुमा पनि केही गम्भिर प्रश्न उठेका छन् ।  लगानीकर्ताको चासो ठिक हो । तरिका अलि मिलेन होला तर, सम्बन्धीत निकाय जिम्मेवार हुनै पर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको