Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकले दिने भयो १२ प्रतिशत बोनस, त्रिवेणीसँग मर्जपछि ६० प्रतिशत हकप्रद दिने

शनिबार, ०८ माघ २०७३, ११ : ०१ मा प्रकाशित

जनता बैंकले दिने भयो १२ प्रतिशत बोनस, त्रिवेणीसँग मर्जपछि ६० प्रतिशत हकप्रद दिने

अर्थ संसार

काठमाडौं–जनता बैंंकले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकले फागुन १ गते साधारणसभा गर्ने सूचना जारी गर्दै उक्त प्रस्ताव गरेको हो । बैंकले दिने बोसन भर्खरै हकप्रद सेयर भर्नेहरुले भने पाउने छैनन् । बैंकले त्रिवेणी विकास बैंकसँग मर्ज भएपछि ६० प्रतिशत हकप्रदसमेत जारी गर्ने प्रस्ताव गरेको छ । बैंकले त्रिवेणीसँग मर्जमा जाने प्रस्ताव आगामी साधारणसभामा लैजाँदै छ । 

जनता बैंकले दुई बर्षको गरी एकै पटक बोनस प्रस्ताव गरेको हो । जनता बैंक यस पटक करिव २० प्रतिशत बोनस दिन सक्ने अबस्थामा थियो ।  आर्या फर्माल्याबका मालिकहरु लागू औषत कारोबारका क्रममा रहेकोमा प्रहरीले छानविन थालेपछि त्यसमा बैंकले गरेको ठूलो रकम तत्काल उठ्ने अबस्थामा नभएपछि  नेपाल राष्ट्र बैंकले बोनस रकम त्यसका लागि छुट्याउन लगाएको थियो । त्यसले गर्दा बोनस १२ प्रतिशतमा खुम्चिएको हो । बैंकले गरेको लगानी भने जोखिममा छैन । 

ऋण लिने आर्या फर्माल्यावलाई कर्जा कर्जा चुक्ता गर्न बैंकले सार्वजनिक सूचना जारी गरिसकेको छ । कर्जा ३५ दिनभित्र नतिरे धितो लिलामी गर्ने, कर्जा सूचना केन्द्रमा ऋणीलाई कालोसूचिमा राख्न लगाउनेलगायतका प्रक्रिया सुरु गरिने बैंकले जनाएको छ । आर्याका संचालकहरुको धितो पर्याप्त छ । उनीहरुका नाममा विभिन्न बैंकमा रहेको प्रवर्धक सेयर बिक्री गर्न राष्ट्र बैंकले रोक लगाइसकेको छ । त्यसैले यसमा भएको लगानी उठ्नेमा बैंक निश्चित छ । 

जनता बैंकको बोनसपछि चुक्ता पूँजीमा २४ करोड ७२ लाख रुपैयाँ थपिने छ । बैंकले भर्खरै जारी गरेको बोनसपछि चुक्ता पूँजी ३ अर्ब ७३ करोड ३२ लाख रुपैयाँ पुग्ने छ । 

त्रिवेणी विकास बैंकसँगै उसको चुक्ता पूँजी ९७ करोड ५८ लाख १७ हजार रुपैयाँ थपिने छ । दुवैको मर्जपछि जनता बैंकको चुक्ता पूँजी ४ अर्ब ७० करोडभन्दा माथि हुने छ । दुवै बैंक गाभिएपछि बैंकले जारी गर्ने ६० प्रतिशत हकप्रदले बैंकको चुक्त पूँजी ७ अर्ब ५३ करोड ४४ लाख नाघ्ने छ । बैंकले चालु आर्थिक बर्षको मुनाफाबाट बोनस सेयर जारी गरेर राष्ट्र बैंकले तोकेको ८ अर्ब चुक्ता पूँजी पुर्याउने तयारी गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको