Like us!
Follow us!
Connect us!
Watch us!

हेल्थ रिर्सच एण्ड सोसल डेभलप्मेन्ट फोरमलाई चाहियो १९ कर्मचारी

शुक्रबार, ०७ माघ २०७३, १७ : ०८ मा प्रकाशित

हेल्थ रिर्सच एण्ड सोसल डेभलप्मेन्ट फोरमलाई चाहियो १९ कर्मचारी

अर्थसंसार 

काठमाडौँ – देशको २१ जिल्लामा क्षयरोग नियन्त्रण कार्यक्रमका लागि १९ जना कर्मचारी आवश्यक परेको छ । मुलुकका ५ वटै बिकास क्षेत्रमा हुने कार्यक्रमका लागि संस्थाले पब्लिक हेल्थमा स्नाकोत्तर वा एमबिबिएस गरेर ३ वर्षको अनुभव भएको कार्यक्रम संयोजकको माग गरेको छ । उक्त पद पूर्वाञ्चल क्षेत्रका लागि हो । 

यस्तै पूर्वाञ्चलमा ७ जना र पश्चिमाञ्चलमा ४ जना गरी  ११ जना प्रोग्राम अफिसरको लागि पनि निवेदन खुल्ला गरेको छ । उक्त पदका लागि १ वर्षको अनुभवसहित पब्लिक हेल्थमा स्नाकोत्तर वा एमबिबिएस गरेको हुनुपर्नेछ । 

यस्तैगरी संस्थाले २ जना फाइनान्स अफिसरको लागि पनि दरखास्त खुल्ला गरको छ । उक्त पदमा लागि २ वर्षकोृ अनुभवसहित व्यवस्थापनमा स्नाकोक्तर गरको हुनुपर्नेछ । काम गर्ने क्षेत्र पूर्वाञ्चलमा १ जना र पश्चिमाञ्चलमा  १ जना रहेको छ । 

यस्तै एकजना असिसटेन्ट फाइनान्स अफिसर र १ जना अफिस अफिस एसिसटेन्टको लागि पनि संस्थाले दरआस्त आह्वान गरेको छ । इच्छुक तथा योग्यता पुगेका व्यक्तिले आफ्नो व्यक्तिगत विवरण  [email protected] मा पठाउन सक्नेछन् । 

5881f42495ef2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको