Like us!
Follow us!
Connect us!
Watch us!

साफ महिला फाइनल : भारत र नेपालबीच खेल जारी, नेपाल ३–१ ले पछाडि

शुक्रबार, ०८ चैत्र २०७५, १६ : ०७ मा प्रकाशित

साफ महिला फाइनल : भारत र नेपालबीच खेल जारी, नेपाल ३–१ ले पछाडि

साफ महिला फाइनल : भारतसँग नेपाल ३–१ ले पराजित

अर्थ संसार, काठमाडौं– साफ महिला च्याम्पियनसिपको फाइनलमा भारतले नेपालविरुद्ध ३-१ को अग्रता बनाएको छ ।

खेलको २६ औँ मिनेटमा फ्रीकिकमार्फत डालिमा छिब्बरले गोल गर्दै भारतलाई अग्रता दिलाएकी हुन् । त्यसको केही बेरपछि नेपालका लागि सावित्रा भण्डारीले ३३ औँ  मिनेटमा बराबरी गोल गरिन्।

तर दोस्रो हाफको ६३औँ मिनेटमा भारतका लागि ग्रेस दाङमेईले गोल गर्दै भारतलाई २-१ को अग्रता बनाइन् । त्यस्तै ७८औँ  मिनेटमा भारतका लागि अञ्जु तामाङले गोल गर्दै अग्रता ३-१ पुर्‍याएकी हुन् ।

नेपालले  सेमिफाइनलमा  श्रीलंका र भारतले बंगलादेशलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । नेपाल  पाँच  संस्करणमध्ये  चौथो  पटक  फाइनलमा पुगेको  छ  भने  भारतले  लगातार  पाँचौं  फाइनल  खेल्दै  छ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको