Like us!
Follow us!
Connect us!
Watch us!

समाजसेवाका लागि जुटे कलाकार र पत्रकार

शुक्रबार, ०७ माघ २०७३, १७ : ०० मा प्रकाशित

समाजसेवाका लागि जुटे कलाकार र पत्रकार

अर्थ संसार
काठमाडौं– कलाकार तथा सञ्चारकर्मीहरुको पहलमा सार्थक नेपाल नामक सामाजिक संस्थाको स्थापना भएको छ ।
काठमाडौं शान्तिनगरमा रहेको निःसाहय सेवा सदनमा आयोजित एक कार्यक्रममा सदनकी जेष्ठ सदस्य मिठुदेवी अर्यालले संस्थाको उद्घाटन गरिन् ।

त्यस अबसरमा निःसाहय सेवा सदनकी अध्यक्ष सगुन शाहलाई सार्थक नेपालले समाजसेवामा पु¥याएको योगदानको कदर गर्दै विशेष सम्मान प्रदान गरेको थियो । संस्थाकी अध्यक्ष जेनी कुँवर र नेपाल भारत मैत्री अस्पतालका अध्यक्ष श्याम खड्काले संयुक्त रुपमा उनलाई सम्मान गरे । त्यसैगरी सार्थक नेपालको सहयोगी संस्था एक्टर नेपाल नेटवर्कले कलाकार तथा गायक यमन श्रेष्ठलाई सम्मान गरेको छ । नेटवर्क प्रवन्ध निर्देशक मनोज थापा,  सार्थक नेपालकी जेनी कुँवर र नेपाल भारत मैत्री अस्पतालका अध्यक्ष श्याम खड्काले संयुक्त रुपमा श्रेष्ठलाई सम्मान गरे ।

त्यस अबसरमा  संस्थाका पदाधिकारीहरु अध्यक्ष जेनी कुँवर, उपाध्यक्ष राजेन्द्र लुईटेल, महासचिव मनोज थापा, सचिव योजना पुरी, कोषाध्यक्ष रामकृष्ण श्रेष्ठ, सह–कोषाध्यक्ष जान्वी बोहरा, कार्यसमिति सदस्यहरु सुरेन्द्र श्रेष्ठ, कुशल खत्री, मञ्जिता केसी, निलम पौडेल,  सलिना आचार्यले पदभार ग्रहण गरेका थिए ।  उक्त कार्यक्रममा निःसाहय सदनमा आश्रीत बृद्धबृद्धालाई संस्थाले भोजन गराएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको