Like us!
Follow us!
Connect us!
Watch us!

ईयू नेपालसँग बढ्दो संवाद तथा साझेदारीताको अपेक्षा गर्दछ

मंगलबार, ०५ चैत्र २०७५, १७ : २४ मा प्रकाशित

ईयू नेपालसँग बढ्दो संवाद तथा साझेदारीताको अपेक्षा गर्दछ

अर्थ संसार, काठमाडौं– नेपाल स्थित युरोपियन युनियन नियोगको नयाँ कार्यालय परिसरको उद्घाटन नेपालका उपराष्ट्रपति, सम्माननीय  नन्द बहादुर पुन, युरोपियन एक्सटर्नल एक्शन सर्भिस (ईइएएस) की एशिया तथा प्रशान्त क्षेत्रका उप प्रबन्ध निर्देशक पाउला पाम्पालोनी एवं नेपलस्थित ईयु राजदूत भेरोनिका कोडीको उपस्थितिमा १८ मार्चमा सम्पन्न भयो।

नयाँ परिसरको उद्घाटन गर्दै राजदूत पाम्पालोनीले भन्नुभयो  “ईयू र नेपाल सन् १९७३ मा द्विपक्षीय सम्बन्ध सुरु भएदेखि नै विकास सहयोगमा साझेदार रहेका छन्। गत वर्ष, २०१८ मा हामीले हाम्रो मित्रताको  ४५ वर्ष पूरा गर्यौं।

यी सम्बन्धलाई अगाडि बढाउन बर्षौंदेखि नेपाल स्थित ईयु नियोगको भूमिका महत्त्वपूर्ण रहेको छ। नियोगको नयाँ परिसर खरिद युरोपियन युनियनको नेपालसँग साथ रहने र वास्तवमा लामो समयदेखिको यस सझेदारीतालाई मजबूत बनाउने प्रतिबद्धताको प्रमाण हो।“

एशिया तथा प्रशान्त क्षेत्रका उप प्रबन्ध निर्देशकको नेपाल भ्रमणको क्रममा परराष्ट्र मन्त्री श्री प्रदिप कुमार ज्ञवाली, अर्थ मन्त्री श्री युवराज खतिवडा, परराष्ट्र सचिव  शंकर दास वैरागी र प्रधानमन्त्रीका सल्लाहाकार श्री राजन भट्टराईसँग भेट भयो।

ईयु  यसका सदस्य राष्ट्रहरू समेत  नेपालमा सबैभन्दा ठूलो दाता हो। २०१४–२०२० को अवधिमा ईयुले नेपालमा उपलब्ध गराउने सहयोगमा १२ करोड युरोबाट ३६ करोड युरो पुर्याएर तीन गुणाले वृद्धि गरेको छ। यो आर्थिक सहयोग ग्रामीण विकास, शिक्षा, प्रशासन र पुनर्निर्माणमा ध्यान केन्द्रित गरिएको छ।

ईयु ले युरोपेली संघले २०२२ सम्ममा अति कम विकसित राष्ट्रको स्थितिबाट उठ्न नेपाल  सरकारलाई सहयोग गर्न तयार रहेको छ र त्यस पछि पनि। साझा हितको क्षेत्रमा सहयोगको लागि थप अवसरहरू खोजिँदै छन्, विशेष गरी आगामी  यूरोपीय संघ विकासको बहुवाषिककक आर्थिक ढाँचा को लागि तैयार गर्ने सन्दर्भमा २०२१–२०२७ अवधिको  लागि।

२१ औं शताब्दीको विश्वले विश्वव्यापी रुपमा धेरै चुनौतीहरूको सामना गर्दैछ। युरोपियन युनियनको दृष्टिकोणबाट  यी चुनौतीहरू नियम(आधारित र बहुपक्षीय दृष्टिकोणको माध्यमबाट मात्र सुल्झाउन सकिन्छ, र अन्य समान सोच भएका देशहरूसँग मिलेर यो काम गर्न सकिन्छ। ईयूले जलवायु परिवर्तनमा पेरिस सम्झौताको कार्यान्वयनस २०३० को दिगो विकासका लागि एजेन्डास विश्व व्यापार संगठनको सुधारस र विश्वव्यापी सुरक्षा चुनौतीहरू सहित आफ्नो साझेदारहरूसँग विश्वव्यापी चुनौतिहरूलाई सम्बोधन गर्न आफ्नो प्रतिबद्धता बढाउँदै गएको छ।

ईयु नेपालको विकास साझेदार मात्र नरहेर एक राजनीतिक साझेदार पनि हो, राजनीतिक वार्तालाई तीव्र तथा सघन बनाएर र साझा एजेन्डा विस्तार गर्दै यो साझेदारीतालाई नयाँ उचाइमा पुर्याउन चाहन्छ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको