Like us!
Follow us!
Connect us!
Watch us!

अभिमुखिकरण तालिम सम्पन्न

मंगलबार, ०५ चैत्र २०७५, १५ : २६ मा प्रकाशित

अभिमुखिकरण तालिम सम्पन्न

अर्थ संसार, काठमाडौं–गणपति माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले प्रदेश नं. ३ र ४ मा अवस्थित नौ वटा शाखा कार्यालयका सहायक कर्मचारीहरुको एक दिने अभिमुखीकरण तालिम सम्पन्न गरेको छ ।

होटल डे ब्रेक, वेगनास, पोखरामा यहि चैत्र ०३ गते आइतबार भएको कार्यक्रमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युत राज सापकोटाले गरेका थिए ।

तालिममा सहायक कर्मचारीरुलाई वित्तीय संस्थाको नीति नियम तथा कार्यविधिहरुको को जानकारी, लेखा व्यवस्थापन को साथै नेतृत्व विकास, सफलताको रहस्य तथा उत्प्रेरण लगायतका विषयहरुमा तालिम दिईएको थियो ।

तनहुँको दुलेगौंडामा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले २०७५ फागुन मसान्त सम्ममा १५ जिल्लाका २८ वटा शाखा कार्यालयहरु मार्फत १३,९४६ घर परिवारमा वित्तीय सेवा पुर्याई रहेको र लगानीमा रहीरहेको कर्जा रकम ७४ करोड ७६ लाख ७१ हजार रहेको छ ।

साथै वित्तीय संस्थाले फागुन मसान्त सम्म रु १९ करोड ५८ लाख बचत संकलन गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको