Like us!
Follow us!
Connect us!
Watch us!
फागुन २ गतेसम्म भर्न सकिने

हिमालयन पावर पार्टनरले निस्कासन गर्यो प्रभावितलाई सेयर

शुक्रबार, ०७ माघ २०७३, १५ : ३१ मा प्रकाशित

हिमालयन पावर पार्टनरले निस्कासन गर्यो प्रभावितलाई सेयर

अर्थ संसार

काठमडौं–गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष शेष घलेलगायतका प्रतिष्ठित ब्यक्तिहरु प्रबर्धक रेहेको हिमालयन पावर पार्टनर लिमिटेडले माघ १७ देखि आयोजना प्रभावित  बासिन्दाहरुका लागि १० लाख ६५ हजार ४ सय १७ कित्ता साधारण सेयर निस्कासन गर्ने भएको छ । 

कम्पनीले १ सय रुपैँया मूल्य अंकित १० लाख ६५ हजार ४ सय १७ कित्ता सेयर निष्काशन गर्ने आह्वानपत्र जारी गरेको छ । स्थानीयका लागि वितरण गर्न लागिएको सेयरमा लमजुुङ्गका आयोजना प्रभावित चिती, ढोडेनी, बन्सर,नौथर, श्रीमञ्ज्याङ्ग, अर्चलबोटसहित ६ वटा गाबिसका बासिन्दाले ५ लाख ३२ हजार ७ सय ८ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । 

जिल्लाका अरु गाबिसका बासिन्दालाई भने ५ लाख ३२ हजार ७ सय ९ कित्ता छुट्याइएको छ । हिमालयन पावरको विक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटल छ । उक्त कम्पनीले सेयरमा  फागुन २ गतेसम्म आवेदन गर्न सकिने जनाएको छ । उक्त समयमा सेयर विक्री नभए फागुन १७ गतेसम्म आवेदन खुल्ला रहने छ ।  हिमालयन पावर पार्टनरले दोर्दी खोलामा २७ मेगावाट क्षमताका आयोजना निर्माण गरिरहेको छ । कम्पनीको सेयर पूँजी ७४ करोड ५७ लाख ९२ हजार रुपैँया छ ।

यो पनि पढ्नुहोस्

मेगा बैंक र टुरिज्म डेभलपमेन्ट मर्जमा जाने, स्वाप रेसियो १०० बराबर ९५ कित्ता 

निर्भिक ट्राभल्सले ल्यायो देश, विदेश घुमाउने प्याकेज 

काष्ठमण्डप डेभलपमेन्ट बैंकले नघायो १० करोड नाफा 

नेपालका अधिकांश विमानस्थल प्रयोगबिहीनविमान नभएर प्रयोगमा नआएको सरकारी निकायको भना

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको