Like us!
Follow us!
Connect us!
Watch us!

आज १३ अर्बको ट्रेजरी बिल बिक्री हुँदै

सोमबार, ०४ चैत्र २०७५, १० : ३४ मा प्रकाशित

आज १३ अर्बको  ट्रेजरी बिल बिक्री हुँदै

अर्थ संसार, काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज १३ अर्ब ७९ करोड ११ लाख २५ हजार बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले सोमबार एक सूचनामार्फत उक्त परिमाणको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको जनाएको छ ।

बैंकले कूल ९१ दिनदेखि ३६४ दिन अवधि तोकिएको उल्लेख गरेको छ । यसअघि बैंकले गत फागुन २७ गते ९१ दिने अवधिको रु दुई अर्ब २६ करोड र ३६४ दिने रु पाँच अर्बको ट्रेजरी बिल बिक्री गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको