Like us!
Follow us!
Connect us!
Watch us!

रिचार्जरमा होलीको टीसर्ट १ रुपैंयामा

आइतबार, ०३ चैत्र २०७५, १६ : ४१ मा प्रकाशित

रिचार्जरमा होलीको टीसर्ट १ रुपैंयामा

अर्थ संसार, काठमाडौं – मोबाइल एप रिचार्जरले होलीको अवसर पारेर १ रुपैंयामा टीसर्ट उपलब्ध गराउने भएको छ । ब्राण्ड प्रवद्र्धनका साथै होली खेल्नेहरुलाई लक्षितगर्दै होलीको थिम युक्त टीसर्ट १ रुपैंयामा उपलब्ध गराउने अफर रिचार्जर ले ल्याएको हो ।

रिचार्जरका अनुसार बुधबार र बिहीबारको होलीका लागि उपभोक्ताले सोमबार दिउँसो १ बजेदेखि ३ बजे सम्म रिचार्जरको मोबाइल एपबाट टीसर्ट खरिद गर्नु पर्ने हुन्छ । यसरी १रुपैंयामा टीसर्ट खरिद गर्नका लागि रिचार्जरमा रहेको आफ्नो खाताबाट २०० क्यास व्याकको प्रयोग गर्नु पर्ने हुन्छ । अर्थात २०० क्यास व्याकसहित१ रुपैंया भुक्तान गरेर टीसर्ट किन्न सकिन्छ । 

गुगलप्ले तथाएप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले तत्कालै १०० क्यास व्याकपाउने छन् । रिचार्जरबाट जतिको मोबाइल रिचार्ज गर्यो त्यति नै क्यास व्याकपाइने छ । क्यास व्याकलाई रिचार्जरबाट सामानखरिद गर्दा डिस्काउण्ट भौचरका रुपमाप्रयोग गर्न सकिन्छ ।

नेपालीहरुको हरेक दिनलाई सहजबनाउनकालागिल्याइएको रिचार्जर नेपालकै सबैभन्दा धेरै फंगसनअर्थात मल्टिफंगसनिगं एपहो । एउटै एपबाट सामानकिन्नका साथै अरु विभिन्नकिसिमका सेवाहरु पाउन सकिन्छ । 

मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिंगगर्दा डेढ दर्जन बैंकको इ बैंकिंग, इसेवालगायतका गेटवेका साथै मास्टर तथाभिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सक्ने व्यवस्था रिचार्जरले मिलाएको छ । 

धेरै मूल्य पर्ने र सेवाग्राहीले एकै पटकमा रकमभुक्तानगर्न नसक्ने किसिमकाउपकरण तथाग्याजेट्सहरु रिचार्जरबाट शुन्यप्रतिशतव्याजदरमाकिस्ताबन्दीमाकिन्न सकिन्छ । विभिन्न १० वाणिज्य बैंकहरुसँगको सहकार्यमा रिचार्जरले यस्तो अफर सञ्चालनगरिरहेको छ ।

‘लाइनहैनअनलाइन’भन्ने नाराका साथ सेवा सुरु गरेको रिचार्जर गुगलप्ले तथाएप्पलएप स्टोरमा गरी १ लाख ५० हजारभन्दा बढी डाउनलोड भैसकेको छ । नेपालमाचलनचल्तीमा रहेका १ हजार बढी ब्राण्डसंग सहकार्य गर्दै रिचार्जरले सुपथमूल्यमावस्तु तथा सेवाउपलब्ध गराउँदै आएको छ । 

होटल, रेष्टूरेण्ट, पानी, बिजुली, इन्टरनेट सेवाप्रदायककाबिलहरु पनितिर्न सकिने रिचार्जर एपबाट क्यास व्याकको सदुपयोग गरी आवश्यक सामानखरिद गर्दै समय र पैसाको बचत गर्न सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको