Like us!
Follow us!
Connect us!
Watch us!

कस्तो होला मार्क जकरवर्गले भनेको गोपनियतामा केन्द्रित’ फेसबुक ?

आइतबार, ०३ चैत्र २०७५, १६ : २४ मा प्रकाशित

कस्तो होला मार्क जकरवर्गले भनेको गोपनियतामा केन्द्रित’ फेसबुक ?

अर्थ संसार, काठमाडौं –फेसबुकका संस्थापक मार्क जकरवर्गले आफ्नो सामाजिक सञ्जाललाई “गोपनियतामा उच्च ध्यान दिने मञ्च” बनाउन चाहेको बताएका छन्।

फेसबुकले प्रयोगकर्ताका विवरणहरु दुरुपयोग गरेको भन्दै पछिल्ला समय थुप्रै प्रकरणहरु सामना गर्नुपरेको पृष्ठभूमिमा जकर्बर्गले एउटा ब्लग लेख्दै त्यस्तो धारणा सार्वजनिक गरेका हुन्।

के छ उनको सोच ?​

उनका अनुसार फेसबुकले प्रयोगकर्ताका विवरणहरु अब लामो समयसम्म राख्ने छैन । यस्तो विवरणको भण्डार समेत कमजोर मानव अधिकार अवस्था भएको देशमा गरिने छैन।

यसले फेसबुकमाथि विभिन्न देशमा लागेका प्रतिबन्धहरु थप बढ्न सक्ने ठानिएको छ। स्पष्ट समयसीमा नखुलाइकनै जकरवर्गले उनकै शब्दमा ‘आगामी केही वर्ष’मा त्यस्तो परिवर्तन देखिने बताए।

बीबीसीका प्रविधि सम्वाददाता जोई क्लाइमनका भनाइमा जकर्बर्गको पछिल्लो धारणामा प्रयोगकर्ताहरुको व्यवहार कसरी परिवर्तन भइरहेको छ र उनीहरुले के चाहिरहेका छन् भन्ने फेसबुकले अन्तत: सुनेको संकेत भेटिन्छ।

उनले आफ्नो ब्लगमा ‘सुरक्षित र गोपनियताको ख्याल गर्ने सन्देश सेवाहरु नै सबैभन्दा लोकप्रिय हुनसक्ने’ बताएका थिए।

फेसबुकका सन्देस सेवाहरु म्यासेन्जर र ह्वाट्सएप समेत निकै धेरै प्रयोगकर्ता हुनेमध्येका हुन्।

उनको भनाई छ, “फेसबुक र इन्स्टाग्रामले साथी, समुदाय र रुचिका मानिसहरुलाई डिजिटल रुपमै भए पनि एकै शहरमा जसरी राखेका छन्। तर अब मानिसहरुले आफ्नो कोठामा जत्तिकै गोपनियता पनि खोजिरहेका छन्।”बीबीसी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको