Like us!
Follow us!
Connect us!
Watch us!

पोखरा महोत्सवमा दर्शकको भिड

शुक्रबार, ०७ माघ २०७३, १४ : ५० मा प्रकाशित

पोखरा महोत्सवमा दर्शकको भिड

 अर्थसंसार
काठमाडौँ – देशकै सुन्दर नगरी पोखराको अमरसिंहचोकमा पुस ३० गतेदेखि पोखरा  महोत्सव चलिरहेको छ । माघ १० गतेसम्म चल्ने महोत्सवमा २ सय २० स्टल छन् । करिव १३ करोडको कारोवार हुने आयोजकले अपेक्षा गरेको क्लवका कोषाध्यक्ष राजु श्रेष्ठले बताए ।  महोत्सवबाट ९१ लाख ८० हजार अनुमानित आम्दानी गरी ६१ लाख खर्च हुने अनुमान छ । त्यसबाट ३० लाख ८० हजार बचत हुने उनले बताए । सातै संस्करणको महोत्सवमा प्रवेश टिकट साधारणलाई ६०, विद्यार्थीलाई ४० रुपैयाँ निर्धारण गरिएको छ ।

‘युवाको जाँगर राष्ट्र निर्माणको आधार’ भन्ने मुल नाराका साथ शिक्षा, स्वास्थ्य, खेलकुद र पयर्टन प्रवद्र्धनसँंगै समग्र पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनलाई मध्यनजर गरेर आयोजना भएको महोत्सवमा साढे २ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएका क्लवका अध्यक्ष तथा महोत्सव संयोजक हिमालय बख्रेलले बताए । क्लवले स्थापना कालदेखि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागी पोखरामा चिडियाखाना निर्माणका लागी अगाडी वढाएको र चिडियाखाना निर्माणअन्तर्गत पहिलो चरणको डिपिआर र श्रब्य दृश्य सामाग्री निर्माण गरिसकेको उनले वताए ।

महोत्सवमा विभिन्न जातजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सुचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवशायिक संघ सस्थाहरुको सेवा बारे जानकारी, ब्यवशायिक संघ सस्थाहरुको सेवा बारे जानकारी, स्थानिय राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी राखिएकोे छ ।

त्यसै गरी महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु दोहोरी गीत, पप कन्र्सट भइरहेको छ । लोकल ब्याण्डहरुको प्रस्तुती, हांस्यब्यङ्ग प्रस्तुती, उत्कृष्ट स्टललाई पुरस्कार, चमेना गृहको ब्यवस्था , वाल उद्यान ,नेपाली संस्कृति झल्कने प्रस्तुती, विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहने आयोजकले जनाएको छ । सालिमार सिमेन्टको मुख्य प्रयोजकमा सञ्चालन रहेको महत्सवमा पोखरा तारा खुल्ला नृत्य प्रतियोगिता दुई को समेत आयोजना हुने भइरहेको छ  ।महोत्सव स्थलमा निर्माण गरिएको लेखनाथ पचभैयामा निर्माणधिन चिडियाखानको भु आकृति स्याण्ड मोडेलले दर्शकलाई आकर्षित गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको