Like us!
Follow us!
Connect us!
Watch us!

यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल खेल तालिका सार्वजनिक,भिड्ने भए बार्सिलोना र युनाइटेड , कसले बाजी मार्ला ?

शुक्रबार, ०१ चैत्र २०७५, १७ : ५७ मा प्रकाशित

यूईएफए च्याम्पियन्स  लिगको क्वाटरफाइनल खेल तालिका सार्वजनिक,भिड्ने भए बार्सिलोना र युनाइटेड , कसले बाजी मार्ला ?

एजेन्सी – यस वर्षको यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल चरणको  खेतल तालिका  सार्वजनिक भएको छ ।

तालिका  अनुसार  स्पिेनिस टोली बार्सिलोनाले इंग्लिस टोली म्यानचेस्टर युनाइटेडको सामना गर्ने भएको छ । त्यसै गरी इटालियन क्लब युभेन्ट्सले डच क्लब आयाक्सको सामना गर्नेछ ।

क्वाटरफाइनलको अर्काे खेलामा पछिल्लो सिजन उपविजेता भएको इंग्लिस टोली  लिभरपुलले पोर्चुगिज क्लब एफसी पोर्टोसँग खेल्नेछ  र  इंग्लिस प्रिमियर लिगको अर्काे टोली टोटेनहमले  आफ्नै चिरप्रतिद्धन्दी इंग्लिस  म्यानचेस्टर  सिटीसँग खेल्नेछ ।

यस वर्षको लिगमा इंग्लिस प्रिमियर लिगका ४ टोली शिर्ष आठमा परेकाले इंग्लिस टोलीले यस वर्षको च्याम्पियन्स लिग जित्ने संभावना दरिलो देखिएतापनि शिर्ष ८ मा बार्सिलोना र  युभेन्ट्सपनि रहेकाले यीनको पनि  च्याम्पियन्स लिग जित्ने संभावनालाई चाहि नकार्न सकिन्न  ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको