Like us!
Follow us!
Connect us!
Watch us!

समयमै अनलाइन सञ्चारमाध्यम नवीकरण गर्न आग्रह

विहीबार, ३० फागुन २०७५, २० : ५६ मा प्रकाशित

समयमै अनलाइन सञ्चारमाध्यम नवीकरण गर्न आग्रह

अर्थ संसार, काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले समयभित्रै अनलाइन सञ्चारमाध्यम नवीकरण गर्न आग्रह गरेको छ ।

विभागले विज्ञप्ति जारी गरी २०७५ साल असार मसान्तसम्म दर्ता भई प्रमाणपत्र लिएका अनलाइन सञ्चारमाध्यमले २०७५ पुस मसान्तभित्र नवीकरण गर्न छुट भएका अनलाइन सञ्चारमाध्यमलाई २०७५ चैत मसान्तभित्र नवीकरण गर्न आग्रह गरेको हो ।

अनलाइन सञ्चारमाध्यम सञ्चालन (पहिलो संशोधन) निर्देशिका, २०७३ को मूल निर्देशिकाको दफा ६ को उपदफा ९१०, मा रहेको व्यवस्थाअनुसार प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ (छ) महीना अर्थात् पुस मसान्तभित्र नवीकरण गर्नुपर्ने व्यवस्था उल्लेख गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको