Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंक र टुरिज्म डेभलपमेन्ट मर्जमा जाने, स्वाप रेसियो १०० बराबर ९५ कित्ता

शुक्रबार, ०७ माघ २०७३, १४ : १० मा प्रकाशित

मेगा बैंक र टुरिज्म डेभलपमेन्ट मर्जमा जाने, स्वाप रेसियो १०० बराबर ९५ कित्ता

अर्थ संसार

काठमाडौं–राष्ट्र बैंकले तोकेको चुक्ता पँजी यही आर्थिक बर्षभित्र पुर्याउन निकै समस्या भोगिरहेको मेगा बैंकले टुरिजम डेभलपमेण्ट बैंकसँग मर्ज गर्ने सम्झौता गरेको छ । मर्जपछि मेगा बैंकले ८ अर्ब रुपैयाँ चुक्ता पँजी सजिलै पु्याउने छ । 

मेगाले यसअघि पश्चिामाञ्चल फाइनान्सलाई आफुमा गाभेको थियो । त्यसपछि बैंकले २५ प्रतिशत हकप्रद जारी गरिसकेको छ । बैंकले गत आर्थिक बर्षको नाफाबाट १३ दशमलव २५ प्रतिशत बोनस बितरण गर्ने निर्णय गरेको छ । बैंकले ६५ प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय समेत साधारणसभाबाट गरेको छ ।  बोनस र  हकप्रद निस्कासन पछि मेगाको चुक्ता पँजी ७ अर्ब ५७ करोड पुग्नेछ ।

मेगासँग मर्जमा जाने सम्झौता गरेको टुरिज्म डेभलपमेन्ट बैंक मातृभूमि विकास बैंक र कालिञ्चोक डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेर बनेको हो ।  टुरिजमले ती दुई बैंकलाई प्राप्ति गरेपछि १८.६ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ । बैंकले मर्जपछि कायम चुक्ता पँजीको शतप्रतिशत हकप्रद सेयर निस्कासन गर्ने निर्णय गत साधारणसभाबाट गरिसकेको छ । बोनस र हकप्रदपछि टुरिजमको चुक्ता पूँजी २ अर्ब १८ करोड रुपैंया हुने छ । 

मेगा र टुरिज्मले मर्जरको सम्झौता गरे पनि त्यसलाई सार्बजनिक गरेका छैनन् । दुवैका केही संचालकले मर्जमा जानेबारे असहमति जनाएकाले गुपचुपमै मर्जर सम्झौता गरिएको स्रोतले बताएको छ । 

दुवैले मर्जर सम्झौतासँगै स्वाप रेसियोसमेत टुंग्याएको स्रोतले बताएको छ । मर्जरपछि मेगाको सय कित्ता बराबर टुरिजम बैंकका सेयरधनीले  ९५ कित्ता सेयर पाउने छन् । मर्जर सहमतिपछि दुवै बैंकको सेयर कारोबार रोक्का राख्न नेपाल स्टक एक्स्चेन्ज (नेप्से) लाई पत्राचार गरिएको जनाइएको छ । नेप्सेमा मेगा बैंकको पछिल्लो कारोबार प्रतिकित्ता ४ सय ५८ रुपैयाँ र टुरिज्म बैंकको ४ सय २८ रुपैयाँमा कारोबार प्रतिकित्ता  मा भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको