Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्नु भयो ? आज अन्तिम दिन

विहीबार, ३० फागुन २०७५, ०८ : ३८ मा प्रकाशित

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्नु भयो ?  आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं – नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने बिहीवार अर्थात आज अन्तिम दिन रहेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १ देखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । फागुन ३० गतेसम्म कम्पनीको शेयर किन्ने वा शेयर स्वामित्व कायम शेयरधनीहरू सभामा सहभागी भई लाभांशको हकदार हुन सक्छन् ।

कम्पनीले ३० औं वार्षिक साधारण सभा चैत १५ गते आयोजना गर्दैछ । सो सभा केन्द्रिय कार्यालय, लाजिम्पाटमा बिहान साढे १० बजे शुरु हुुनेछ । कम्पनीले सभामा १३ दशमलव ५ प्रतिशत बोनस शेयर र  १ करोड ८८ लाख २७ हजार १० नगद लाभांश वितरण गर्ने लगायतका प्रस्तावहरू लैजाँदैछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको