Like us!
Follow us!
Connect us!
Watch us!

निर्भिक ट्राभल्सले ल्यायो देश, विदेश घुमाउने प्याकेज

शुक्रबार, ०७ माघ २०७३, १२ : ४६ मा प्रकाशित

निर्भिक ट्राभल्सले ल्यायो देश, विदेश घुमाउने प्याकेज

अर्थसंसार
काठमाडौँ – के तपाईलाई घुम्न मनपर्छ ? कामबाट थकान भएर केही दिन प्राकृतिक सौन्दर्यमा रम्ने सोचमा हुनुहुन्छ ? देशमा बस्दा वाक्क भएर विदेश घुम्ने योजना बनाउनु भएको छ ? थापाथलीको ट्रेड टावरमा रहेको निर्भिक ट्राभल्स एण्ड टुरले देश तथा विदेशमा घुम्नका लागि विभिन्न प्याकेजहरु ल्याएको छ ।

ट्राभल्सले स्थापना कालदेखि नै ग्राहकको सेवाका लागि सस्तो र भरपर्दा प्याकेजका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय उडानका लागि एअर टिकट उपलब्ध गराउँदै आइरहेको छ । यति मात्र होईन ट्राभल्सले माउन्टेन फ्लाइट, हिमालय क्षेत्रको  ट्रेकिङ, होटल बुकिङ, टुरिष्ट गाइडको सुविधा उपलब्ध गराउँदै आएको छ । यसका साथै र्याफ्टिङ, प्याराहाइकिङ्, प्याराग्लाइडिङ्, रक क्लाइम्बिङ्, क्यानोनिङ्लगायतका सेवा समेत दिँदै आउको ट्राभल्सका प्रबन्धक सुजन सिन्दुराकारले जानकारी दिए ।

देशभित्रका बुद्घ, यती, सौर्य र नेपाल एअरलायन्सको टिकट बुकिङको सेवा निर्भिकले दिँदै आएको छ । यस्तै अन्तराष्ट्रिय स्तरमा नेपाल एयरलाइन्स, कतार, मलेसियन, जेट, थाइ एअरवेज, एअर इन्डिया, सिल्क एअरलगायतको टिकट बुकिङको सेवा दिइरहेको ट्राभल्सका सिन्दुराकरले बताए ।हाल ट्राभल्समा देशभित्र र देशबाहिर गरी एक दर्जनभन्दा बढि प्याकेज छन् । स्वदेशभित्रै काठमाडौँदेखि पोखराको टुर प्याकेज रहको छ । वर्षभरी चलिरहने उक्त व्याकेज ६ दिनको छ । यो प्याकेज कम्तिमा २ देखि १५ जनाको समुहले खरिद गर्न सक्छन् ।  

यस्तै देशभित्रै अर्को काठमाडौँ, चितवन र लुम्बिनीको लागि १० दिनको प्याकेज छ । वर्षभरी नै चल्ने प्याकेजका लागि २ देखि १५ जनाको समूहले खरिद गर्न सक्छन् ।ट्राभल्सले ९ दिनको नेपाल फेमेली होलिडे टुरको प्याकेज पनि उपलब्त्र गराइरहेको छ । उक्त प्याकेजमा काठमाडौँ, पोखरा, चितवनको विभिन्न ठाउँ घुम्ने व्यवस्था छ ।यस्तै काठमाडौँ, नगरकोट र धुलिखेलको टुर प्याकेज पनि  ट्राभल्समा छ । ४ दिनको टुरमा २ देखि १५ जनासम्मले सहभागिता जनाउन पाउँछन् ।

यस्तैगरी नवबिवाहित जोडीका लागि हनिमुनको समेत प्याकेज रहेको सिन्दुराकारले बताए । ९ दिनको टुरमा नवजोडीले काठमाडौँ, नगरकोट, चितवन, पोखरालगायत विभिन्न ठाउँ घुम्न सक्नेछन् ।यस्तै ट्राभल्समा पुनहिल र घान्द्रुक, तल्लो र उपल्लो मुस्ताङ, अस्ट्रेलियन क्यापलगायत अन्य २२ वटा टुर प्याकेज पनि रहेका छन् ।ट्राभल्सले नयाँ वर्षको अवसर पारेर थाइलेन्डका लागि ४ रात ५ दिनको प्याकेज ल्याएको छ । प्रति व्यक्ति १९ हजार ५ सयको प्याकेजमा २ रात बैंककमा बस्ने व्यवस्था र २ रात पतैयामा बस्ने व्यवस्था छ । यस्का साथै खाजाको व्यवस्था पनि उक्त प्याकेजमा छ ।

यस्तै ट्राभल्सले ३ दिन ४ रातको दार्जलिङ दुबइ प्याकेज पनि संचालन गरिरहेको छ । ७८ हजारको उक्त प्याकेजमा थ्रि स्टार होटलमा बस्ने सुविधासहित भरभूमी सफारीको व्यवस्था छ ।यस्तै दार्जलिङ, दुबइ र मौरीससको ७ रात ८ दिनको टुर प्याकेज पनि निर्भिकले संचालन गरिरहेको छ । २०१७  जनवरीसम्म रहेको उक्त प्याकेज खाजासहित थ्रि स्टार होटलमा बस्ने सुविधा छ ।यस्तैगरी ट्राभल्सले ३ रात ४ दिनको गोवा टुरको प्याकेज पनि ल्याएको छ । उक्त प्याकेजमा हवाइ भाडासहित खाजा र थ्रि स्टार होटलमा बस्ने सुविधा ट्राभल्सले उपलब्ध गराउने छ ।

यस्तै १ लाख ३ हजारको सिंगापुर मलेसिया टुरको प्याकेज पनि रहेको छ । उक्त प्याकजमा आधा दिनको सिंगापुर भ्रमणसहित सेनटोसा द्वीपको भ्रमणको व्यवस्था छ । २ रात सिंगापुर र ३ रात कोलालम्पुर गरी ५ रात ६ दिनको प्याकेज रहेको छ ।सबै अन्तराष्ट्रिय प्याकेजहरु सन् २०१७ को जनवरीभरि उपलब्ध गराउने जानकारी प्रबन्धक सिन्दुराकारले दिए । उनले फेब्रुअरीपछि नयाँ प्याकेज ल्याउने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको