Like us!
Follow us!
Connect us!
Watch us!

धरहराको छेउमै खुल्यो फेसन सस्तो बजार, ३० देखि ४० प्रतिशतसम्म छुट

शुक्रबार, ०७ माघ २०७३, १२ : २८ मा प्रकाशित

धरहराको छेउमै खुल्यो फेसन सस्तो बजार, ३० देखि ४० प्रतिशतसम्म छुट

अर्थसंसार

काठमाडौँ – के तपाई सामान किन्न धेरै ठाउँ हिड्नु परेर वाक्क हुनुभएको छ ? एकै छानामूनी ब्राण्डेड चस्मा, जुत्ता, लेहेंगा, साडी, फेन्सी, अन्डर गार्मेन्टलगायतका सामानको खोजीमा हुनुहुन्छ ?ग्राहकहरुलाई एउटै छानामुनी सस्तो मूल्यमा ब्राण्डेड तथा गुणस्तरीय सामानहरु उपलब्ध गराउने उद्देश्यले नेपालमै पहिलो पटक फेसन सस्तो बजार सञ्चालनमा आएको छ ।

सुन्धारास्थित धरहराको पछाडि ताहा गल्लीमा रहेको बजारमा सस्तो मूल्यमा गुणस्तरीय फेसन सामानहरु किन्न पाइने छ । अन्य ठाउँको तुलनामा यो बजारमा ३० देखि ४० प्रतिशतसम्म सस्तो मूल्यमा विभिन्न सामानहरु उपलब्ध हुने बजारका सञ्चालक सुरेश लामिछानेले जानकारी दिए । यहाँ ३६ वटा व्यवस्थित पसल छन् । यस बजारमा एक पसलमा एकै प्रकारका आइटम मात्रै राखिएको लामिछानेले बताए । बजारको क्षेत्रफल २ रोपनी भएकाले यहाँ आउने ग्राहकलाई पार्किङको व्यवस्था पनि रहेको छ । 

लामिछानेका अनुसार बजार निर्माणका लागि ५ करोड रुपैयाँ लगानी भएको छ । बजारमा स्वदेशी तथा विदेशी ब्राण्डेड चस्मा, जुत्ता, लेहेंगा, साडी, फेन्सी, अन्डर गार्मेन्टका पसल रहनेछन् भने एउटा स्तरीय शैलुन रहेको छ । नेपाली फेसनलाई समेत प्रवद्र्धन गर्ने उद्देश्ले यो बजारमा राष्ट्रिय पोसाक दौरा सुरुवाललाई १६ सय रुपैयाँमै तयार गरेर उपलब्ध गराइने छ ।  त्यसैगरी जाडो समयका लागि १ हजार रुपैयाँदेखि नै गुणस्तरीय ज्याकेटहहरु उपलब्ध गराइएको छ । त्यस्तै, हेयर स्टाइलिङ, फेसियलजस्ता सुविधाहरु पनि ५० प्रतिशतभन्दा सस्तो मूल्यमा उपलब्ध गराइने उनको दावी छ । ४÷५ हजार रुपैयाँमै गुणस्तरीय साडी यो बजारमा उपलब्ध छन् । 

विश्वका १४ देशमा शाखा भएको लोकप्रिय अन्तराष्ट्रिय ब्राण्ड ब्रिलियर शैलुन पनि छ । बजार सञ्चालन भएको अवसरमा यो शैलुनमा आउने प्रत्येक ग्राहकलाई फेसवास लगायतका सामाग्री उपहारस्वरुप प्रदान गरिने छ । मोटरसाइकल चढ्ने उपभोक्ताहरुलाई मध्यनजर गर्दै बजारमा सस्तो मूल्यमा उच्च गुणस्तरीय हेलमेटहरु उपलब्ध छन् । त्यसैगरी, सबै ब्राण्डका मोवाइलहरु सस्तो मूल्यमा उपलब्ध गराउने मात्रै होइन, केही ब्राण्डहरुमा ५० प्रतिशतसम्म छुटको व्यवस्था पनि छ । 

त्यस्तै, हरेक मोवाइल किन्दा ग्राहकले आकर्षक उपहार पाउनेछन् ।  सस्तो बजारमा आउने उपभोक्ताले २ हजार ५ सय रुपैयाँ व्यालेन्स भएको सिमकार्ड उपहारस्वरुप प्राप्त गर्नसक्नेछन् । बजारबाट फेसनसँग सम्बन्धित नयाँ नयाँ उत्पादनको डिजाइनसमेत हुने जानकारी निर्देशक लामिछानेले दिए । उपभोक्ताहरुले अनलाइमार्फत बजारमा भएका सामान किन्न सक्नेछन् । त्यसका लागि fashionsastobazar.com लग इन गरी किन्न सकिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको