Like us!
Follow us!
Connect us!
Watch us!

बंगलादेशका सामाग्रीहरुको प्रर्दशन भृकुटीमण्डपमा, महिलाहरुको भिड

विहीबार, ०६ माघ २०७३, १७ : २१ मा प्रकाशित

बंगलादेशका सामाग्रीहरुको प्रर्दशन भृकुटीमण्डपमा, महिलाहरुको भिड

अर्थसंसार
काठमाडौँ – काठमाडौँको भृकुटीमण्डपमा जारी तेस्रो बंगलादेश एक्सपोमा सर्वसाधारणको भिड लागेको छ ।  माघको ८ गतेसम्म चल्ने उक्त मेलामा बंगलादेशमा उत्पादन भएका  विभिन्न उत्पादनहरु निर्माण सामग्री, तयारी पोशाक, प्लाष्टिकजन्य उत्पादन, , जुट तथा जुटजन्य उत्पादन, छालाजन्य उत्पादन, टेक्सटाइल, औषधिजन्य उत्पादन, सौन्दर्य सामग्री, साडी, जुत्ताचप्पललगायतका सामग्री छन् । मेलामा ४० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको आयोजकको दावि छ । 

त्यसैगरी हस्तकलाका उत्पादन, कृषिजन्य उत्पादन तथा औजार, तयारी खाद्य सामग्री, प्रविधिजन्य सेवा सुविधा तथा पर्यटन सम्बन्धी वस्तु तथा सेवा पनि मेलामा छन् । मेलामा २० रुपैयाँको बंगलादेशी चिप्सदेखि १२ हजारको साडीसम्म छन् । ९० भन्दा बढी स्टल रहेको मेलामा २५ देखि २६ वटा नेपाली सामानहरुको स्टल र ६५ देखि ७० बंगलादेशी सामानहरुको स्टल रहेको मेलाका प्रबन्ध निर्देशक राकेशकुमार महतोले जानकारी दिए । 

अनावश्यक मानिसहरुको आवत कम गर्न मेलामा २५ रुपैयाँको टिकट राखेको जानकारी उनले दिए । मेलामा ६० वर्षभन्दा माथि र १२ वर्षभन्दा तलका व्यक्तिलाई टिकट काट्न नपर्ने व्यवस्था छ ।  सुरुको दिनमा दर्शकको कम सहमागीता भएको तर दोस्रो र तेस्रो दिनमा सोचेभन्दा बढी दर्शक आएको जानकारी महतोले दिए । ३ दिनभित्रै मेलामा ५ देखि ६ करोडको बीचमा कारोबार भएको उनको दावी छ  । सोचेभन्दा राम्रो कारोबार भएकोले मेला ९० प्रतिशत सफल भएको उत्साहित हुँदै उनले सुनाय । मेलामा  साडी, कस्मेटिक सामान,  कपडा तथा बच्चाको कपडाको स्टल धेरै रहेकोले महिलाहरुको बढी भिड देखिएको थियो । 

बंगलादेशका केही स्टलहरुमा  नेपाली र बंगालीसँगै थिए भने केहि स्टलहरुमा बंगाली एक्लै रहेका थिए । नेपालीहरु नेपाली भाषामा बंगाली मिसाउँदै सामानको भाउ सोधिरहेका थिए । अघिल्लो २ वटा मेलामा पनि आफ्नो स्टल राखिसकेकी बंगलादेशकी एक व्यापारी जोकसना हमामले नेपालीहरु धेरै मोलमोलाइ गर्ने हुदाँ व्यापार गर्न कठिन रहेको बताईन् । एउटै सामानलाई धेरैपटक हेरेर नलिकन जाने गरेको उनले अनुभव सुनाईन् । मेलामा ३ हजार देखि १२ हजारसम्मको बंगलादेशी साडी पनि छन् । बंगलादेशी साडी लगाउन हलुङ्गो र देख्दा राम्रो हुने भएकोले मेलामा साडी किन्न आएको जानकारी सृजना थापाले दिईन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको