Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकासको शेयर किन्दै हुनुहुन्छ ? किन्नु अघि हेरौं कम्पनी विश्लेषण

आइतबार, २६ फागुन २०७५, १० : ०९ मा प्रकाशित

कामना सेवा विकासको शेयर किन्दै हुनुहुन्छ ? किन्नु अघि हेरौं कम्पनी विश्लेषण

कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. १३ करोड ८२ लाख नाफा आर्जन गरेको छ । कम्पनीको खुद ब्याज आम्दानी २२ प्रतिशत सञ्चालन मुनाफा १७ प्रतिशत र रू. २ करोड ८८ लाख खराब कर्जा संकलन गरेपछि नाफा बढ्न पुगेको हो ।

कम्पनीले आव २०७४ ७५ को समेत साधारणसभा गर्न बाँकी रहेको छ । कम्पनीले हालसम्म पनि साधारणसभाको कुनै सूचना दिएको छैन । कम्पनीले गतवर्ष ५ दशमलव ५० प्रतिशत बोनस शेयर र ६ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । कामना सेवा बैंक र सेवा विकास बैंक साउन २० गतेदेखि मर्ज भई एकीकृत कारोबार शुरू गरेका थिए ।

कामना सेवा विकास बैंक : कम्पनी विश्लेषण (आइतवार, २६ फागुन २०७५)कम्पनीको आगामी योजना बैंकिङ सम्भावना रहेका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा २७ ओटा शाखा स्थापना गर्ने भएको छ । त्यसपछि कम्पनीको शाखा ९० पुग्नेछ । कम्पनीका शाखा काठमाडौं उपत्यकाभित्र ६ ओटाको स्वीकृत प्राप्त भई तीनओटा सञ्चालनमा आएका छन् भने बाँकी तीनओटा निर्माणको प्रक्रियामा छ । थप शाखा विस्तारका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको कम्पनीद्वारा प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।

कम्पनीकोे चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :

  • कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. १७ अर्ब २७ करोड निक्षेप संकलन गरेको छ । कम्पनीले स्वर्णिम सुरक्षित खाता योजनामा १० प्रतिशतले ५ वर्षसम्मको निक्षेपमा ब्याजदर दिएको छ । कम्पनीले दोस्रो त्रैमाससम्म रू. १५ अर्ब ७४ करोड कर्जा प्रवाह गरेको छ ।

  • कम्पनीको कुल सम्पत्ति रू. २१ अर्ब ४६ करोड छ । यो सम्पत्ति गत आवको सोही अवधिको तुलनामा २३ प्रतिशत बढेको छ । कम्पनीको अन्य सम्पत्ति रू. ३७ करोड ७४ लाख बराबरको छ । कम्पनीको बैंक खातामा रू. ४३ करोड छ ।

  • गत आवको तुलनामा कम्पनीले ब्याज आम्दानी २५ प्रतिशत बढाएको छ । गत आवमा रू. ८७ करोड १० लाख आर्जन गरको ब्याज चालू आवको दोस्रो त्रैमाससम्म रू. १ अर्ब ८ करोड पुर्‍याएको छ । प्याज खर्च गतवर्षको तुलनामा २६ प्रतिशत बढेको छ । कम्पनीले रू. ७१ करोड १३ लाख ब्याज खर्च गरेको छ ।

  • कम्पनीले कर्मचारी खर्च गतवर्षको तुलनामा ५८ प्रतिशत बढाएको छ । कम्पनीले विभिन्न ठाउँमा शाखा बढाएपछि कर्मचारी खर्च बढ्न पुगेको हो । कम्पनीले अन्य सञ्चालन खर्च रू. ७ करोड ९९ लाख गरेको छ ।
    कम्पनीको प्रतिशेयर आम्दानी रू. ११ दशमलव शून्य ५, प्रतिशेयर नेटवर्थ रू. १ सय ४२ दशमलव शून्य ९ रहेको छ । कम्पनीको पीई रेशियो ११ दशमलव २८ प्रतिशत र तरलता अनुपात २५ दशमलव ६५ प्रतिशत छ ।

  • अर्निङ पावर रेशियो : ०.००६ गुणा

  • अर्निङ यिल्ड रेशियो : ०.१८ प्रतिशत

निष्कर्ष 
कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिन पियर्सिङ आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बढेर रिभर्सल भएको देखाउँछ । यसले आगामी दिनमा ‘पर्ख र हेर’को अवस्था बुझाउँछ । सबैभन्दा न्यून पुगेको मूल्यभन्दा पनि कम मूल्यमा कारोबार शुरू भएको दिन यस्तो आकृति बन्ने गर्दछ । आरएसआई न्युट्रल जोन ५१ दशमलव २७ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।

कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ३५ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । पछिल्लो शेयरमूल्य रू. १ सय ३५ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. १ सय ३८ मा प्रतिरोध पाउने र सस्तिएमा रू. १ सय ३२ मा टेवा पाउने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको