Like us!
Follow us!
Connect us!
Watch us!

गीतकार सुन्दरको एल्बम ‘सुन्दर सपना’ बजारमा

विहीबार, ०६ माघ २०७३, १६ : ३९ मा प्रकाशित

गीतकार सुन्दरको एल्बम ‘सुन्दर सपना’ बजारमा

अर्थ संसार

काठमाडौं–गीतकार तथा शिक्षक सुन्दर पन्तद्वारा रचित गीतहरुको संग्रह ‘सुन्दर सपना’ नामक गिती एल्बम बजारमा आएको छ । उक्त एल्बमको बरिष्ठ गीतकार कृष्णहरी बरालले एक समारोहबीच बिमोचन गरे । उक्त गिती एल्बममा चार वटा आधुनिक गीत, तीन वटा लोक पप गीत र एउटा राष्ट्रिय गीत समाबेश गरिएको छ । 

सुन्दर सपना एल्बममा अन्जु पन्त, सन्तोष लामा, ताराबीर पाण्डे, टंक बुढाथोकी, सन्तोष रजौरे, पुष्पा गुरुङ र बिजय थापाको स्वर सुन्न सकिन्छ । यस एल्ममा संगीत  कल्याण सिंह, सन्तोष लामा, सन्तोष रजौरे, टंक बुढाथोकी, तारबीर पाण्डेको छ । गीतमा दिनेश श्रेष्ठको संगीत संयोजन रहेको छ । 

बिमोचन कार्यक्रममा गीती एल्बममा समाबेश भएका गीत संगीतको बारेमा बरिष्ठ संगीतकार बुलु मुकारुङ्गले समिक्षात्मक टिप्पणी गरेका थिए । एल्बममा सग्रहित सन्तोष लामाको आवाजमा रहेको गीत नागबेली चाल र तारबीर पाण्डेको स्वरको गीत मायाँ गर्नु पराईलाईको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । एल्बमलाई आर्टिस्ट नेपालले बजारमा ल्याएको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको