Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफको  साधारणसभा आह्वान, के-के छन् एजेण्डा ?

विहीबार, २३ फागुन २०७५, १४ : ०० मा प्रकाशित

नेशनल लाइफको  साधारणसभा आह्वान, के-के छन् एजेण्डा ?

अर्थ संसार, काठमाडौँ – नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी चैत १५ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । 

कम्पनीले आफ्नो ३० औं वार्षिक साधारणसभा काठमाण्डौको लाजिम्पाटस्थित आफ्नै प्रधान कार्यालय रहेको भवनमा आह्वान गरेको हो ।साधारणसभामा कम्पनीले आर्थिक वर्ष २०७३/७४ को वितरणयोग्य नाफाबाट सेयरधनीलाई प्रस्ताव गरिएको १३.५ प्रतिशत बोनस सेयर र १ करोड ८८ लाख रुपैयाँ बराबरको नगद लाभांश पारित गर्नेछ । 

यसैगरी, जारी पूँजी बढाएर ४ अर्ब पुर्याउने, दुई खालका संस्थापक समूहलाई मर्ज गरी एउटैमा रुपान्तरण गर्ने, २०७३/७४ का लागि बित्तीय प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७४/७५ का लागि लेखापरीक्षक नियुक्त गर्ने र संचालकहरुको भत्ता सुविधामा समेत संसोधनको अजेण्डा समेत साधारणसभामा पेश हुने बताइएको छ । 

यो कम्पनीले साधारणसभा प्रयोजनका लागि चैत १ गतेदेखि बुक क्लोज गरेको थियो ।

यसको अर्थ फागुन ३० गतेसम्म यो कम्पनीको सेयर खरीद गरेका वा यो मितिसम्म सेयरधनी कायम भएकाहरु मात्र बोनस सेयर पाउन र साधारणसभामा सहभागी हुन सक्नेछन् ।

घोषित बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी बढेर ३ अर्बको उचाईमा पुग्नेछ ।
 
यो कम्पनीले आर्थिक वर्ष २०७४/७५ का लागि लाभांश घोषणा गर्न र यो वर्षका लागि साधारणसभा गर्न भने बाँकी नै छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको